काठमाडौं १ मा रञ्जु दर्शना विजयी

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं,२२ । काठमाडौं क्षेत्र नम्बर१ मा रास्वपाकी रञ्जु दर्शना विजयी भएकी छिन् । रञ्जु १५ हजार ४ सय ५५ मतसहित विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका उम्मेदवार प्रबल थापाले ६ हजार ३ सय ६४ मत ल्याएका छन् । त्यस्तै, तेस्रो स्थानमा राप्रपाका वरिष्ठ उपाध्यक्षसमेत रहेका रवीन्द्र मिश्रले ३ हजार ९ सय ७२ मत प्राप्त गरे। एमालेका मोहनराज रेग्मीले १ हजार ६ सय १८ मत ल्याए।
यसअघि ०७९ को चुनावमा उनले काठमाडौं-५ बाट स्वतन्त्र उम्मेदवार बन्दा ६ सय मत ल्याएकी थिइन् । त्यसअघि २०७४ स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएकी थिइन् । उनी २३ हजार ४ सय ३९ मतसहित तेस्रो स्थानमा थिइन् ।
२०८१ मा  उनी विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनबाट महासचिवमा निर्वाचित भएकी थिइन् । पछिल्लो समय उनी विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच एकीकरण हुँदा संघीय नेतृत्व मञ्च हुँदै केन्द्रीय कमिटिमा सदस्य मनोनीत भएकी थिइन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

खैरो हेरोईन २७५ ग्राम र पेस्तोल सहित पक्राउ

काठमाडौं, १० वैशाख । लागुऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले लागूऔषध खैरो हेरोईन २७५ ग्राम र पेस्तोल सहित...

प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थानान्तरण नगर्ने सरकारको निर्णय

काठमाडौं, १० वैशाख । सरकारले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थानान्तण नगर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको...

रातो मत्स्येन्द्रनाथको रथ मंगलबार पुर्‍याइयो

काठमाडौं, १० वैशाख । वर्षा र सहकालका देवता भनेर पुजिने रातो मत्स्येन्द्रनाथको रथ गाबहालबाट तानेर मंगलबजार पुर्‍याइएको छ...

काठमाडौं महानगरमा ८ सय प्राथमिक उपचारकर्ता जनशक्ति

काठमाडौं, १० वैशाख । काठमाडौँ महानगरपालिकाले सबै वडामा प्राथमिक उपचार तालिम सञ्चालन गरेर ८ सय जना प्राथमिक उपचारकर्ता...