कम्पनीको कागजात दुरुपयोग गरी ईसेवा मार्फत कारोबार गर्ने व्यक्ति पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २५ पुस । कम्पनीको कागजात दुरुपयोग गरी ईसेवा मार्फत कारोबार गर्ने व्यक्ति पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा काठमाडौं कीर्तिपुर नगरपालिका-७ का १९ वर्षीय क्रमिक उप्रेती छन् ।

उप्रेतीले ‘वाइड स्पेश इन्टरनेशनल प्रा.लि. का नाममा आन्तरिक राजश्व विभागबाट जारी भएको स्थायी लेखा नम्बर (PAN) लगायतका कागजातहरुको दुरुपयोग गरी ईसेवा, मर्चेन्ट वालेट र ईसेवा वालेट खोली गैरकानूनी रुपमा आर्थिक कारोबार गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा ईसेवा मर्चेन्ट आईडी २२२२०२००१८२१७५२७ बाट ५६ लाख ३३ हजार ६ सय ३ दशमलव ७६ रूपैयाँ र ईसेवा वालेटबाट ५६ लाख ३१ हजार ६ सय ३ दशमलव ७६ रूपैयाँ बराबरको कारोबार गरेको खुल्न आएको कार्यालयका प्रवक्ता एसपी काजी कुमार आचार्यले जानकारी दिए । पक्राउ परेका उप्रेतीको साथबाट प्रहरीले ल्यापटप थान-१, मोबाइल थान-२, एनसेलको सिम कार्ड थान-१६, नमस्तेको सिम कार्ड थान-, स्मार्ट कार्ड थान-१, पेन ड्राईभ थान-१, मेमोरी कार्ड थान-१ बरामद गरेको छ ।

उनलाई बैंकिङ कसुर र सट्टेबाजी जन्य कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाईएको एसपी आचार्यले बताए ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबारको दशैँघरमा भित्र्याइयो

काठमाडौं, ३१ असोज । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्वका अवसरमा घर-घरमा शास्त्रीय...

सूर्यविनायक अन्तरवडा फुटबलको उपाधि वडा नं. १० चित्तपोललाई

भक्तपुर, ३१ असोज । सूर्यविनायक नगरपालिकामा आयोजित अन्तरवडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १० चित्तपोलले हासिल गरेको छ।...

आर्थिक कारणले पर्व कसैका लागि बोझ बन्नु हुँदैन : प्रधानमन्त्री शाह

काठमाडौं, ३१ असोज । प्रधानमन्त्री बालेन्द्र शाहले आर्थिक कारणले दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्न नहुने बताएका...

चिकित्सा शिक्षामा ४१८ सिट थपियो

काठमाडौं, ३१ असोज । चिकित्सा शिक्षामा चालु शैक्षिक सत्रका लागि ४१८ सिट थप गरिएको छ । शिक्षा मन्त्री...