निर्माण सामाग्री चोरी गर्ने गिरोह पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २५ पुस । प्रहरीले निर्माण सामग्री चोरी गर्ने गिरोह पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक, दुधौली नगरपालिका- २ घरभइ काठमाडौं चावहिल बस्ने ३२ वर्षीय दल बहादुर तामाङ, सिन्धुली, तिनपाटन गाउँपालिका-५ घरभइ काठमाडौँ तारकेश्वर नगरपालिका-१ बस्ने ३० वर्षीय रबिन्द्र लामा, ओखलढुङ्गा मानेभन्ज्याङ गाउँपालिका-७ घरभइ तारकेश्वर नगरपालिका-७ फुटुङ बस्ने गाडी चालक ४६ वर्षीय फत्त बहादुर बिश्वकर्मा र सिन्धुली तिनपाटन गाउँपालिका-९ घरभइ काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी बस्ने ३२ वर्षीय नेत्र भन्ने पदम तामाङ छन् ।

यही पुस १८ गते बिहान काठमाडौं तारकेश्वर नगरपालिका-६ पदमशाल स्थित एक घरको बाहिर कम्पाउन्डमा राखेको हेभी टेका थान २६५, फलामको च्यानल पाइप थान ५०, फलामको प्लाईउड, दलिन, बाला, बिम लगायत अन्दाजी नौ लाख रुपैयाँ बराबरको निर्माणसँग सम्बन्धित सामग्रीहरू चोरी भएको थियो । सोही सूचनाको आधारमा उक्त चोरीमा संलग्न मानिसहरू तथा सवारी साधनको पहिचान तथा खोजतलास गरी उनीहरूलाई पक्राउ गरेको काठमाडौं प्रहरी प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए । पक्राउ परेकाहरूको  काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप लिइ अनुसन्धान भइरहेको उनले बताए । साथै, प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले अन्य विभिन्न स्थानबाट समेत टेका लगायतका निर्माण सामग्रीहरू चोरी गरेको समेत खुल्न आएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबारको दशैँघरमा भित्र्याइयो

काठमाडौं, ३१ असोज । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्वका अवसरमा घर-घरमा शास्त्रीय...

सूर्यविनायक अन्तरवडा फुटबलको उपाधि वडा नं. १० चित्तपोललाई

भक्तपुर, ३१ असोज । सूर्यविनायक नगरपालिकामा आयोजित अन्तरवडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १० चित्तपोलले हासिल गरेको छ।...

आर्थिक कारणले पर्व कसैका लागि बोझ बन्नु हुँदैन : प्रधानमन्त्री शाह

काठमाडौं, ३१ असोज । प्रधानमन्त्री बालेन्द्र शाहले आर्थिक कारणले दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्न नहुने बताएका...

चिकित्सा शिक्षामा ४१८ सिट थपियो

काठमाडौं, ३१ असोज । चिकित्सा शिक्षामा चालु शैक्षिक सत्रका लागि ४१८ सिट थप गरिएको छ । शिक्षा मन्त्री...