दुर्घटना न्यूनीकरण लक्षित ट्राफिक सप्ताह मनाइने

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २५ पुस । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह आयोजना गरेको छ । कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी माघ ३ गतेसम्म विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरी ट्राफिक सप्ताह मनाइने जानकारी दिएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीका अनुसार अभियानको सुरुआत शुक्रबार रक्तदान कार्यक्रमबाट गरिनेछ । अभियानअन्तर्गत पैदलयात्रीलाई सुरक्षित रूपमा सडक पार गर्ने तरिका सिकाउने, दुईपाङ्ग्रे सवारी (मोटरसाइकल र स्कुटर) लक्षित सचेतना कार्यक्रम, सवारी साधनमा स्टिकर टाँस्ने, विद्यालय तथा कलेजका विद्यार्थीलाई ट्राफिक सचेतना दिने कार्यक्रम सञ्चालन गरिनेछ ।
अभियानअन्तर्गत ट्राफिक लाइट उद‍्घाटन, चालकसँग चिया कार्यक्रम, चालकको एकदिने आँखा स्वास्थ्य परीक्षणसहित स्वास्थ्य शिविर, सडक सरसफाइ, रुख छाँटकाट, सवारी साधनको यान्त्रिक तथा प्रदूषण परीक्षण पनि समावेश छन् ।
यसैगरी ट्राफिक प्रहरी कर्मचारीहरूलाई आचरण, व्यवहार तथा ड्युटीका क्रममा अपनाउनुपर्ने सावधानीबारे प्रशिक्षण दिइनेछ । उपत्यकामा बढी दुर्घटना हुने स्थानहरूमा सरप्राइज संयुक्त चेकजाँच, मुख्य चोक तथा जक्सनहरूमा दुर्घटनाका कारण र त्यसबाट सिर्जित परिणामबारे माइकिङसहित सांगीतिक कार्यक्रम पनि हुने एसपी सुवेदीले बताए ।
ट्राफिक सप्ताहका कार्यक्रमबारे टिकटक, फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार तथा सचेतनामूलक सामग्री पनि प्रकाशन गरिनेछ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबारको दशैँघरमा भित्र्याइयो

काठमाडौं, ३१ असोज । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्वका अवसरमा घर-घरमा शास्त्रीय...

सूर्यविनायक अन्तरवडा फुटबलको उपाधि वडा नं. १० चित्तपोललाई

भक्तपुर, ३१ असोज । सूर्यविनायक नगरपालिकामा आयोजित अन्तरवडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १० चित्तपोलले हासिल गरेको छ।...

आर्थिक कारणले पर्व कसैका लागि बोझ बन्नु हुँदैन : प्रधानमन्त्री शाह

काठमाडौं, ३१ असोज । प्रधानमन्त्री बालेन्द्र शाहले आर्थिक कारणले दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्न नहुने बताएका...

चिकित्सा शिक्षामा ४१८ सिट थपियो

काठमाडौं, ३१ असोज । चिकित्सा शिक्षामा चालु शैक्षिक सत्रका लागि ४१८ सिट थप गरिएको छ । शिक्षा मन्त्री...