ट्राफिक सप्ताह २०८२ को पूर्वसन्ध्यामा रक्तदान

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २५ पुस । दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ को पूर्व सन्ध्याको अवसरमा सडक दुर्घटना पिडीतको सहयोगार्थका लागी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

रक्तदान कार्यक्रममा एक सय ३९ जनाले रक्तदान गरेका थिए। कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक नवराज अधिकारीले पहिलो रक्तदान गरी कार्यक्रमको सुरुवात गरेका थिए । जसमा काठमाडौँ उपत्यकामा कार्यरत प्रहरी कर्मचारी, शसस्त्र प्रहरी, महानगर प्रहरी लगायत सर्वसाधरणहरुले समेत रक्तदान गरेका थिए । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो।

शनिबारदेखि ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ माघ ३ गते सम्म संचालन हुनेछ । उक्त कार्यक्रमको अवसरमा पैदलयात्रुलाई सुरक्षित तरिकाले बाटो काट्न सिकाउने, दुई पाङ्ग्रे सवारी साधन लक्षित जनचेतनामूलक कार्यक्रम, कलेज तथा स्कुल सम्पर्क कार्यक्रम, रात्रीकालिन सवारीका चालक र परिचालकलाई सचेतना कार्यक्रम लगायतका विभिन्न ट्राफिक सम्बन्धी कार्यक्रमहरु हुने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कागेश्वरीकी इन्जिनियर दिपा कार्की ६४ हजार घुससहित पक्राउ

काठमाडौं, १६ भदौ । कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर दिपा कार्की ६४...

बोडेमा ऐतिहासिक निलबाराही नाच प्रदर्शन

भक्तपुर, १६ भदौ । मध्यपुरथिमि नगरपालिकास्थित बोडेमा ऐतिहासिक नीलबाराही नाच प्रदर्शन गरिएको छ । हरेक वर्ष भाद्र द्वितीयादेखि...

रसुवा बाढी अपडेट : बेत्रावतीमा एक घरमा २४ वटा शव फेला

काठमाडौं, १६ भदौ । नुवाकोटको विदुर नगरपालिका-१० स्थित बेत्रावती रहेको एउटै घरमा २४ वटा शव फेला परेको छ।...

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...