बयानपछि पूर्व गृहसचिव,पूर्वआईजिपी र पूर्व काठमाडौं सिडिओको स्थानहद फुकुवा

Date:

Share post:

Suryabinayak Nagarpalika
Screenshot

काठमाडौं, ८ पुस । जेन-जी आन्दोलनको क्रममा भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले पूर्व गृहसचिव, पूर्वआईजिपी र पूर्व काठमाडौं सिडिओको स्थानहद फुकुवा गरेको छ । पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, पूर्वआइजिपी चन्द्रकुबेर खापुङ र काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी (सिडिओ) छविलाल रिजालको स्थानहद फुकुवा गरेको हो। आयोगले उक्त निर्णय सोमबार गरेको जनाएको छ ।

यसअघि तीन जनामाथि आयोगले विदेश भ्रमणमा रोक्का लगाउने र आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छाडन नपाउने भनेर कात्तिक २७ गते निर्णय गरेको थियो।
आयोगले उनीहरूको बयान लिइसकेको छ। बयान लिएपछि स्थान हद फुकुवा गरेको हो। अब आयोगले पूर्वगृहमन्त्री रमेश लेखकको बयान लिने तयारी गरेको छ। बयानका लागि शुक्रबार उपस्थित हुन पत्र पठाएको छ भने, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाउने आयोगले तयारी गरेको छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबारको दशैँघरमा भित्र्याइयो

काठमाडौं, ३१ असोज । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्वका अवसरमा घर-घरमा शास्त्रीय...

सूर्यविनायक अन्तरवडा फुटबलको उपाधि वडा नं. १० चित्तपोललाई

भक्तपुर, ३१ असोज । सूर्यविनायक नगरपालिकामा आयोजित अन्तरवडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १० चित्तपोलले हासिल गरेको छ।...

आर्थिक कारणले पर्व कसैका लागि बोझ बन्नु हुँदैन : प्रधानमन्त्री शाह

काठमाडौं, ३१ असोज । प्रधानमन्त्री बालेन्द्र शाहले आर्थिक कारणले दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्न नहुने बताएका...

चिकित्सा शिक्षामा ४१८ सिट थपियो

काठमाडौं, ३१ असोज । चिकित्सा शिक्षामा चालु शैक्षिक सत्रका लागि ४१८ सिट थप गरिएको छ । शिक्षा मन्त्री...