बागीश्वरी माविमा निःशुल्क जन्मजात हृदयरोगको प्रारम्भिक परीक्षण उपचार शिविर सञ्चालन

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, ८ पुस । भक्तपुर नगरपालिकाको आयोजना र मित्र राष्ट्र चीनको युनानस्थित फुवाई युनान कार्डियो भास्कुलर अस्पतालमा कार्यरत विज्ञ चिकित्सकहरुको सहभागितामा आज भक्तपुरको बागीश्वरी माध्यमिक विद्यालय कमलविनायकमा विद्यार्थीहरुको निःशुल्क मुटु परीक्षण शिविर मङ्गलबारबाट शुरु भएको छ । कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख प्रजापतिले मुटु शरीरको अत्यन्त महत्वपूर्ण र संवेदनशील अंग भएको हुँदा मुटुमा हुने कुनै पनि किसिमको समस्याले मानव जीवनलाई नै जोखिममा कम गर्न सक्ने हुँदा सजग हुनुपर्ने बताएका छन्।

मङ्गलबारबाट ४ दिन सञ्चालन हुने मुटुरोगको प्रारम्भिक परीक्षण शिविरमा भक्तपुरका ३५ हजारभन्दा बढीको मुटु परीक्षण हुने बताउँदै उनले भविष्यमा हुने जोखिम नियन्त्रणमा यसले महत्वपूर्ण भूमिका खेल्ने बताए। अन्नपूर्ण न्युरो अस्पतालका निर्देशक डा. बसन्त पञ्चले मुटु परीक्षण शिविर सञ्चालनसँगै भक्तपुरमा सम्भाव्यता अध्ययनमा पनि जोड दिने बताए।
कार्यक्रममा नगर शिक्षा शाखा भक्तपुरका रामेश्वर मचामसीले बागीश्वरी मावि-कलेज केन्द्रमा बागीश्वरी मावि, अमरज्योति ज्ञानकुञ्ज आधारभूत विद्यालय, कमलविनायक स्कूल, ग्लोबल लाइफ स्कूल, विज्डम इ. स्कूल, मनकामना इ. सेकेन्डरी स्कूल, समता शिक्षा निकेतन इ. स्कूल र पारागण एकेडेमीका करिब ३ हजार ६३६ जना विद्यार्थीको मुटुको परीक्षण गरिने अवगत गराए। शिविरमा भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालले प्राविधिक सहयोग गरेको थियो ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबारको दशैँघरमा भित्र्याइयो

काठमाडौं, ३१ असोज । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्वका अवसरमा घर-घरमा शास्त्रीय...

सूर्यविनायक अन्तरवडा फुटबलको उपाधि वडा नं. १० चित्तपोललाई

भक्तपुर, ३१ असोज । सूर्यविनायक नगरपालिकामा आयोजित अन्तरवडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १० चित्तपोलले हासिल गरेको छ।...

आर्थिक कारणले पर्व कसैका लागि बोझ बन्नु हुँदैन : प्रधानमन्त्री शाह

काठमाडौं, ३१ असोज । प्रधानमन्त्री बालेन्द्र शाहले आर्थिक कारणले दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्न नहुने बताएका...

चिकित्सा शिक्षामा ४१८ सिट थपियो

काठमाडौं, ३१ असोज । चिकित्सा शिक्षामा चालु शैक्षिक सत्रका लागि ४१८ सिट थप गरिएको छ । शिक्षा मन्त्री...