नेपालको ३३ औं प्रहरी महानिरीक्षक दानबहादुर कार्की

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २४ कार्तिक । मन्त्रिपरिषद् बैठकले नेपालको ३३ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा दानबहादुर कार्कीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने निर्णय गरेको हो । कार्कीले कात्तिक २७ गतेदेखि महानिरीक्षकको कार्यभार सम्हाल्नेछन् ।
२०५४ चैतमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका कार्की  ३० वर्षे सेवा अवधि कायम रहे २०८४ चैतसम्म प्रहरी महानिरीक्षकमा रहनेछन् । कार्की हाल उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा प्रमुख थिए । २४ भदौमाा उनले उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी पाएका थिए ।
३० वर्षे सेवा अवधिकै कारण हालका प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ अवकाशमा जान लागेका छन् । नवनियुक्त महानिरीक्षक कार्की २०८२ वैशाख १५ मा डीआईजीबाट एआईजीमा बढुवा भएका थिए । त्यसको ६ महिनापछि उनी प्रहरी महानिरीक्षकमा बढुवा भएका हुन् ।
महानिरीक्षकमा कार्कीसहित एआईजीहरू राजन अधिकारी, मनोज केसी र सिद्धिविक्रम शाह प्रतिस्पर्धामा थिए । उनीहरूमध्ये कार्की, अधिकारी र केसी चैत २०५४ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका अधिकृत हुन् । शाह चाहिँ राष्ट्रिय अनुसन्धान विभागबाट स्थान्तरण भएर नेपाल प्रहरीमा आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

होल्डिङ सेन्टरमा बसेका सुकुम्बासीलाई गृहजिल्ला फर्काइने, सरकारले भन्यो : पालिकामा सम्पर्क गर्नू

काठमाडौं, ०६ साउन । सरकारले काठमाडौं उपत्यकाका नदी किनाराबाट हटाइएका सुकुम्बासीलाई गृहजिल्ला फर्काउने प्रक्रिया अघि बढाएको छ ।...

माइतीघर डुबानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यबाहक प्रमुख डंगोलको निर्देशन

काठमाडौं, ०६ साउन । काठमाडौं महानगरपालिकाकी कार्यबाहक प्रमुख सुनिता डंगोलले माइतीघर क्षेत्रको डुबानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न...

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

काठमाडौं, ०६ साउन । व्यवसायी शंकर अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुरमा फरार रहेका उनलाई पक्राउ...

वडाबासीको ‘सुख-दु:खको साथ’ मा सूर्यविनायक-८

भक्तपुर, ०६ साउन । सूर्यविनायक नगरपालिका-८ ले वडाबासीका सुख र दुःखका क्षणमा साथ दिने उद्देश्यसहित ‘सुख-दुःखको साथ’ कार्यक्रम...