भ्यागुताेलाई क्वाँटी

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २४ साउन । थालीमा लप्टे अर्थात् पात । लप्टेमा क्वाँटी, रोटी, भात, चिउरालगायतका परिकार । गोलाकार पारेर काटिएका मूलाको चाना सिन्कोले घोचेर भातमा अड्याइएको छ । टीका, रक्षाबन्धनको धागो र सिन्दूर पनि पातको छेउमा सजाइएको छ । श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमा/रक्षाबन्धनको दिन बिहीबार बिहानै सूर्यविनायक ६ नयाँबस्तीकी गंगा दुवाल क्वाँटी बोकेर खेत पुगिन् ।

यी परिकारहरू मानिसका लागि नभई व्यांचा अर्थात् भ्यागुतोको छुट्ट्याइएको गंगाले बताइन् । ‘नेवार समुदायले जनैपूर्णिमाको दिन क्वाँटी पकाएर खेतमा भ्यागुतोलाई खुवाउने चलन छ । भ्यागुताले खान्छ नै भन्ने छैन, तैपनि एक भाग छाडिदिनु परम्परा हो,’ उनले भनिन्, ‘भ्यागुतालाई नखुवाई घरका कसैले पनि क्वाँटी खाँदैनन् । वर्षा गराउने दूत तथा प्राकृतिक देवताको प्रतीकका रूपमा भ्यागुतोलाई लिने गरिन्छ । त्यसैले यो दिन भ्यागुतोलाई सबैभन्दा पहिले खुवाउने चलन छ ।’

जनैपूर्णिमामा अवसरमा मठमन्दिरमा जनै फेर्ने र रक्षाबन्धन बाँध्नेहरूको भीड भए पनि भक्तपुरका किसान खेतको आलीमा बसेर भ्यागुतालाई क्वाँटी खुवाउनमा व्यस्त देखिन्थे । भक्तपुरमा जनैपूर्णिमाका दिन किसानले लप्टेमा खानेकुराको साथै रक्षाबन्धनको धागो, सिन्दूर र ऐना (भातमा गाडिएका मुलाका चाना) राखेर पनि लाने चलन छ ।

आफू हिँडेपछि भ्यागुताले खान्छन् भन्ने विश्वासमा दुवालले क्वाँटीसहितको परिकार धानको बोटमै राखिदिइन् । भक्तपुर नगरपालिका-९ ब्रम्हायणीका विकास सुवालका अनुसार भ्यागुतालाई क्वाँटी खुवाउने चलनलाई नेपाल भाषामा ‘ब्यां चा जा नका वानेगू’ भन्छन् । यसको अर्थ ‘भ्यागुतालाई भात अथवा भोज खुवाउन जाने’ भन्ने हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...

त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं, १५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशूली पुगेका छन् । बाढी प्रभावित...

अत्यावश्यक काम नपरी हेलिकप्टर माग नगर्न प्राधिकरणको अनुरोध

काठमाडौं, १५ भदौ । अत्यावश्यक काम नपरी हेलिकप्टरमार्फत उद्धारको माग नगर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ । आपत्कालीन...