भक्तपुरमा गाईजात्रा मनाउँदै

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २५ साउन । आठ रात नौ दिनसम्म मनाईने भक्तपुरको गाईजात्रा पर्व तलेजुस्थित बहत्वाबाट निस्किएको घेन्ताङ घिसीसँगै सुरु भएको छ । श्रावण शुक्ल पूर्णिमा अर्थात जनैपूर्णिमाको साँझ बहत्वाबाट निस्किएको घेन्ताङ घिसीसँगै प्रसिद्ध गाईजात्रा सुरुहुने संस्कृतिकर्मी ओम द्यौभडेल बताउँछन् ।

बहत्वाबाट निस्किएको घेन्ताङ घिसी नाच दरबार स्क्वायर, बालाखु गणेश, चोछें, भोलाछें, महालक्ष्मी, नागपोखरी, क्वाठण्डौ, नवदुर्गास्थान, सूर्यमढि, दत्तात्रय, सुकुलढोका, गोलमढी, तौमढी, पोटरीस्क्वायर, वंशगोपाल, इताछें, खौमाको हुँदै दरबार स्क्वायर पुगेर समापन गरिने परम्परा छ । जनैपूर्णिमामा निकालिएको घेन्ताङ घिसीलेर्षदिन भित्र मरेका आफन्तको सम्झनामा गाईजात्रा निकाल्न सुचना प्रदान गरेको उनले बताए ।

विभिन्न ठाउँमा मनाइने गाईजात्रा मध्ये भक्तपुरको जात्रा पृथक, मनोरञ्जनात्मक एवं व्यङ्ग्यात्मक हुने र ‘घेन्ताङ घिसी, गिनित्वाङ घ्यान्ताङ घिसिङ त्वाङ, ताहामचा गना ते ग्वाङखङ् प्वाले ते, ग्वाङ प्वाले मन्ह्यसा खुसिङ चुइक छोय’ भनेर नाचिने आकर्षक घेन्ताङ घिसी नाचको बढी चर्चा हुने गर्दछ । यो दुई समूह वा दुई जना बीच लठ्ठी जुधाएर नाच्ने गरिन्छ ।

वर्ष दिनभित्र मरेका आफन्तको दिवंगत आत्माले मोक्ष प्राप्त गरून्, गाईको पुच्छर समातेर बैतर्णी तर्दै स्वर्ग जाउन भन्ने उद्देश्यले प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनदेखि श्रीकृष्ण जन्माष्टमीसम्म भक्तपुरमा भव्य रुपमा गाईजात्रा मनाइन्छ । हिन्दुधर्मग्रन्थमा उल्लेख भएअनुसार यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र मत्र्यलोक अर्थात पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्छ भन्ने मान्यता रहेको द्यौभडेलले बताए ।

पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले ‘जनतालाई आ(आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु’ भनी आज्ञा दिएपछि गाईजात्रा सुरु भएको ऐतिहासिक मान्यता रहेको छ । गाईजात्रा पर्व विक्रमको १४ औं शताब्दीभन्दा अगाडि लिच्छवीकालको अन्त्यतिर सुरु भएको संस्कृतिकर्मी द्यौभडेल बताउँछन् ।

विशेषगरी भक्तपुरको नेवार समुदायमा मात्रै मनाईने गाईजात्रा पर्वमा वर्षदिनभरी मृत्यु भएकाहरूको परिवारबाट ताहामचा बनाई भक्तपुर नगर परिक्रमा गर्ने गरिन्छ । विशेषगरी श्रावण शुक्ल प्रतिपदाका दिन वर्ष दिनभित्र मरेकामध्ये उमेर नपुगेका बालबालिकाको साँचा बनाई नगर परिक्रमा गर्ने र उमेर पुगेका ठूला व्यक्तिहरूको मृत्यु भएमा भने १५ हात लामो बाँसको ताहमचा बनाई नगर परिक्रमा गर्ने परम्परा रहेको स्थानीय बताउँछन् । बाँकी आठदिन विभिन्न देवीदेवता दत्तात्रय, भैरवनाथ, बाराही, छुमा गणेश लगायत मन्दिरमा जात्रा गर्ने परम्परा छ । श्रावण शुक्ल पूर्णिमा देखी कृष्णाजन्माष्टमीका दिनसम्म प्रत्येक दिन साँझ टोलटोलमा व्यङ्गग्यात्मक नाटक, नाच, प्रहसन, ख्याल जस्ता प्रहसन गर्ने गरिन्छ ।

जात्रामा कतिपयले करुण रस प्रधान गीतिलीला रामायणहरूसमेत प्रदर्शन गर्ने गर्छन् भने, केहीले कालोमाटोको गाई बनाई शृंगारपटारसाथ खटमा राखी केटाकेटीहरूलाई आकर्षक तवरले सिँगारी बाजागाजा सहित बासा लुइके गरेर प्रदर्शन गर्ने प्रचलन छ । कतिपयले मृतक परिवारको घरबाट बालबालिकालाई शिव पार्वतीको प्रतिकका रुपमा श्रृंगारपटार गरी ल्याउने प्रचलन छ । यस्ता बालबालिका भने कर्म नचलिसकेका कलिला बालबालिका हुनुपर्ने मान्यता प्रचलित छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...