स्वास्थ्य सुधारमा सक्रिय बागमती प्रदेश : मन्त्री थापा मगरको घोषणा

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २३ साउन । बागमती प्रदेशका नवनियुक्त स्वास्थ्य मन्त्री किरण थापा मगरले प्रदेशका १३ वटै अस्पतालहरूमा दक्ष चिकित्सक र स्वास्थ्यकर्मी थपिने जानकारी दिएका छन् । भक्तपुर अस्पतालमा आयोजित कार्यक्रममा बोल्दै उनले अस्पतालहरूमा विशेषीकृत सेवा, आवश्यक उपकरण र संरचना विस्तारका कार्य तीव्र पारिने बताए ।

मन्त्री थापाका अनुसार अबको मन्त्रिपरिषदबाट ओएनएम (संस्थागत संरचना मूल्यांकन) स्वीकृत गरी दरबन्दी थपिनेछ। यसले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूको दोहोरो चाप कम गर्दै सेवाको गुणस्तरमा सुधार ल्याउने विश्वास व्यक्त गरे । उनले आफ्नो अघिल्लो कार्यकालमा डिजिटल हेल्थ, टेलिमेडिसिन तथा नसर्ने रोगको निःशुल्क औषधोपचार सेवा सुरू भइसकेको स्मरण गर्दै, अबका दिनमा भौतिक पूर्वाधार निर्माणमा जोड दिइने उल्लेख गरे ।

भक्तपुर अस्पतालको नयाँ भवनका लागि प्रदेश सरकारले तीन करोड रुपैयाँ विनियोजन गरिसकेको र आगामी बजेटबाट बहुवर्षीय योजना मार्फत थप बजेट व्यवस्था गरिने जानकारी दिए।

शिक्षाको क्षेत्रमा पनि मन्त्रालय सक्रिय रहेको भन्दै मन्त्री थापाले भक्तपुर र सिन्धुली अस्पतालमार्फत नर्सिङ कलेज सञ्चालन गरिने र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातक तहमा अध्ययनरत ३५८ विद्यार्थीलाई तलबसहित दुई वर्ष सेवा गराइने तथा एमडी तहको पढाइ सुरु गरिने घोषणा गरे।

उनले रोग लागेपछि उपचारभन्दा रोग लाग्न नदिने नीति अनुसार काम भइरहेको स्पष्ट पारे। प्रदेशमा मृत्यु हुनेमध्ये ७१ प्रतिशत नसर्ने रोग र २९ प्रतिशत संक्रमणजन्य रोगका कारण हुने तथ्याङ्क प्रस्तुत गर्दै, यसतर्फ सचेत नीतिहरू अपनाइने बताए । भक्तपुर अस्पतालले कार्यक्रममार्फत मन्त्री थापालाई बधाई तथा शुभकामना दिँदै स्वागत गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...

त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं, १५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशूली पुगेका छन् । बाढी प्रभावित...

अत्यावश्यक काम नपरी हेलिकप्टर माग नगर्न प्राधिकरणको अनुरोध

काठमाडौं, १५ भदौ । अत्यावश्यक काम नपरी हेलिकप्टरमार्फत उद्धारको माग नगर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ । आपत्कालीन...