दिल्लीहुँदै खाडी मुलुक पठाउन लागिएको ४० महिलाको उद्वार

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २२ साउन । दिल्ली हुँदै खाडी मुलुक पठाउन लागिएका ४० जना महिलाहरूको उद्धार गरिएको छ । उनीहरू सबैलाई घरेलु कामदारका रूपमा खाडीका विभिन्न देश पठाउने तयारी थियो । दिल्लीस्थित नेपाली दूतावासले भारतीय प्रहरीको सहयोग लिएर महिपालपुरको विभिन्न होटलबाट उनीहरूको उद्धार गरेको छ ।

खाडीका देशहरूमा घरेलु कामदार भएर जान नेपाल सरकारले महिलालाई रोक लगाएको छ । खाडी पठाउन लागिएको सूचना पाएर नेपाली महिलाहरूको उद्धार गरिएको दूतावासका कन्सुलर नेपाल प्रहरीका एसएसपी प्रकाश मल्लले बताए । दिल्ली प्रहरी र सामाजिक संस्था किन इन्डियाको सहयोग लिएर उनीहरूलाई उद्धार गरेर दूतावासले बिहीबार स्थलमार्ग हुँदै नेपाल पठाइसकेको छ ।

खाडी मुलुकमा घरेलु कामदारको माग छ । त्यहाँ पुगेका महिला घरेलु कामदारहरू विभिन्न खाले शोषणमा पर्न थालेपछि नेपाल सरकारले रोक लगाएको छ । तर, आकर्षक आम्दानी हुने प्रलोभनमा पारेर दलालहरूले नेपाली महिलालाई त्यता पठाउँछन् । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै जानलाई समस्या हुने भएपछि दलालहरूले भारतका विभिन्न विमानस्थलबाट नेपाली महिलाहरूलाई खाडीका देशहरू पठाउँछन् । खाडीमा कामदारको माग र नेपालमा रोजगारीको अभावका बीच दलालहरूले त्यसरी महिलाहरूलाई पठाउँदै आएका छन् ।

किन इन्डियाका प्रमुख नवीन जोशीका अनुसार उद्धार गरिएका ४० जनालाई कुबेत, ओमन, दुबई र साउदी अरेबिया पठाउन लागिएको थियो । पठाउने तयारीमा रहेका बेला उद्धार गरिएको उनले बताए । उद्धार गरिएका सबैलाई स्थलमार्ग हुँदै काठमाडौं ल्याउन लागिएको उनले जानकारी दिएका छन् ।

दूतावासले समन्वय गरेर महिपालपुरका होटलहरूबाट ६३ जना महिलालाई निकालेको थियो । त्यसमध्ये २३ जना आवश्यक कागजात पूरा गरेर युरोपका विभिन्न देश जाने तयारी रहेकाले उनीहरूलाई छाडिएको हो । अन्य ४० जनामध्ये ३१ जना कुवेत, ४ जना ओमन, ४ जना दुबई र १ जना साउदी अरब पठाउन लागिएको एसएसपी मल्लले बताए । उनीहरू नेपालका २४ जिल्लाका विभिन्न स्थानबाट दिल्ली पुर्‍याइएका हुन् । दिल्ली हुँदै खाडी मुलुक पठाउन लागिएका ४७ जना महिलाहरूलाई साउनको दोस्रो साता उद्धार गरी नेपाल ल्याइएको थियो । भिसिट भिसामा कुवेत जान लागेका महिलाहरूको कागजात नक्कली पाइएपछि दिल्ली विमानस्थल अध्यागमनले रोकेको थियो ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...

त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं, १५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशूली पुगेका छन् । बाढी प्रभावित...

अत्यावश्यक काम नपरी हेलिकप्टर माग नगर्न प्राधिकरणको अनुरोध

काठमाडौं, १५ भदौ । अत्यावश्यक काम नपरी हेलिकप्टरमार्फत उद्धारको माग नगर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ । आपत्कालीन...