लालपुर्जा नपाएसम्म होल्डिङ सेन्टर नछाड्ने अडानमा सुकुम्बासी

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १३ मंसिर । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्यमन्त्री प्रतिभा रावलले भक्तपुरको बोडस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्वासी परिवारलाई भेटेर होल्डिङ सेन्टर खाली गरिदिन आग्रह गरेकी छन्। मन्त्री रावलले सुकुमवासीहरूलाई चाँडै लालपुर्जा वितरण गर्ने आश्वासनसमेत दिएको जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिए ।

प्रजिअ खड्का अनुसार १५ परिवार सुकुम्वासीहरूसँग छुट्टाछुटै कुराकानी गरेर उनीहरूका समस्या मन्त्री रावलले सुनेकी थिइन् । सरकारले कोठा र रोजगारीको व्यवस्था गरिदिए होल्डिङ सेन्टर छोड्ने मनसाय रहेको प्रजिअ खड्काले बताए । तर सुकुम्वासीहरूले भने लालपुर्जा वा वैकल्पिक आवासको सुनिश्चितता नभएसम्म होल्डिङ सेन्टर नछाड्ने अडान लिएका छन्।
मन्त्री रावलसँगको भेटका क्रममा सुकुमवासी परिवारका प्रतिनिधिहरूले आफ्ना समस्या र माग समेटिएको ज्ञापनपत्र बुझाउँदै उचित आवास तथा व्यवस्थापनको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन् । मन्त्री रावल शनिबार राति बोडेस्थित होल्डिङ सेन्टरमा पुगेर सुकुमवासी परिवारसँग भेट गरेकी थिइन् ।ज्ञापनपत्रमा आफूहरू वर्षौंदेखि काठमाडौं उपत्यकाका नदी उकास तथा खाली जग्गामा बसोबास गर्दै आएको र राज्यबाट उचित व्यवस्थापन हुने आशामा रहेको उल्लेख गरिएको छ । गत वैशाख १२ गतेको सूचनापछि घरटहरा खाली गर्न बाध्य हुँदा वर्षौंदेखि मेहनत गरेर निर्माण गरेका घरटहरा, घरायसी सामान, सम्पत्ति तथा जीविकोपार्जनका आधारसमेत गुमाउनुपरेको उनीहरूको भनाइ छ ।
सरकारले घरटहरा भत्काएपछि १५ दिनभित्र व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए पनि लामो समय बितिसक्दा आफूहरूले स्थायी आवास तथा उचित व्यवस्थापन पाउन नसकेको ज्ञापनपत्रमा उल्लेख छ । बालबालिका, महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा बिरामीसमेत होल्डिङ सेन्टरमा अत्यन्तै कष्टकर अवस्थामा बस्न बाध्य भएको उनीहरूको भनाइ छ ।
सुकुम्वासीहरूले होल्डिङ सेन्टर खाली गराउने सूचना तत्काल फिर्ता लिन र वैकल्पिक आवास तथा उचित व्यवस्थापन सुनिश्चित नभएसम्म कुनै पनि परिवारलाई जबर्जस्ती हटाउने कार्य बन्द गर्न माग गरेका छन् । त्यस्तै, जग्गाको अभिलेखमा नाम देखिएकै आधारमा भूमिहीन तथा सुकुमवासी नभएको निर्णय नगर्न र प्रत्येक परिवारको वास्तविक जग्गा, आवासीय तथा आर्थिक अवस्थाको निष्पक्ष छानबिन गर्न उनीहरूले माग गरेका छन् ।
वैकल्पिक आवासको व्यवस्था नगरी भत्काइएका घरटहरा तथा नष्ट भएका सम्पत्ति र जीविकोपार्जनका आधारको उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग पनि उनीहरूले गरेका छन् । प्रभावित परिवारसँग संवाद र सहमति गरी समयसीमासहितको कार्ययोजना सार्वजनिक गर्नुपर्ने मागसमेत ज्ञापनपत्रमा समेटिएको छ । त्यसैगरी, व्यवस्थापनबिना घरटहरा भत्काउँदा भएको जनधनको क्षति तथा विस्थापनका क्रममा भएका मानवीय घटनाको छानबिन गरी जिम्मेवार पक्षलाई कारबाही गर्न पनि उनीहरूले माग गरेका छन् ।

ज्ञापनपत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, जिल्ला प्रशासन कार्यालय भक्तपुर तथा काठमाडौं, राष्ट्रिय मानवअधिकार आयोग, भूमि समस्या समाधान समिति र बागमती प्रदेश सरकारलगायत निकायलाई बोधार्थ दिइएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मातृभूमि र काठमाडौं जेयिभर्स फाइनलमा

काठमाडौं, १२ मंसिर । मातृभूमि र काठमाडौं जेयिभर्स शनिबार १८ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा...

सूर्यविनायक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अरनिको माविलाई

भक्तपुर, १२ मंसिर । सूर्यविनायक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि तेश्रो पटक अरनिको माविले जितेको छ । सूर्यविनायक...

नारायण-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने

काठमाडौं, १२ मंसिर । नारायणगढ-मुग्लिङ सडक खण्डअन्तर्गत तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम गर्न दैनिक पाँच घण्टा सवारी आवागमन...

‘मध्यपुर थिमि खेलकुद महोत्सव-२०८३’ आयोजना गर्दै

भक्तपुर, ११ मंसिर । मध्यपुर थिमि नगरपालिकाले खेलकुदको माध्यमबाट स्थानीय प्रतिभाको पहिचान, विकास तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले...