नारायण-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १२ मंसिर । नारायणगढ-मुग्लिङ सडक खण्डअन्तर्गत तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम गर्न दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै मंसिर १३ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि दैनिक बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सवारी आवागमन बन्द गर्ने जनाएको छ ।

विगतमा केही समय काम भएर स्थगित भएको नारायणगढ–मुग्लिङ सडक आयोजनाको तुइनखोला खण्डमा पहिरो रोकथामको काम अघि बढाउन लागिएको प्रशासनले जनाएको छ । कामका क्रममा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै उक्त अवधिमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक्ने निर्णय गरिएको सूचनामा उल्लेख छ ।
यस अवधिमा काठमाडौं-मुग्लिङ-आँबुखैरेनी हुँदै पोखरा जाने सवारीसाधनको आवागमन भने सुचारु नै रहने प्रशासनले जनाएको छ ।

प्रशासनले यात्रु तथा सवारी चालकलाई समयतालिकाअनुसार यात्रा गर्न आग्रह गरेको छ । आवागमनसम्बन्धी थप जानकारीका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सडक डिभिजन भरतपुरमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मातृभूमि र काठमाडौं जेयिभर्स फाइनलमा

काठमाडौं, १२ मंसिर । मातृभूमि र काठमाडौं जेयिभर्स शनिबार १८ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा...

सूर्यविनायक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अरनिको माविलाई

भक्तपुर, १२ मंसिर । सूर्यविनायक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि तेश्रो पटक अरनिको माविले जितेको छ । सूर्यविनायक...

‘मध्यपुर थिमि खेलकुद महोत्सव-२०८३’ आयोजना गर्दै

भक्तपुर, ११ मंसिर । मध्यपुर थिमि नगरपालिकाले खेलकुदको माध्यमबाट स्थानीय प्रतिभाको पहिचान, विकास तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले...

रसुवा बाढी पीडित बालबालिकालाई मासिक १७ हजार ५ सय दिइने

काठमाडौं, ११ मंसिर । सरकारले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना रसुवाको आमाछोदिङ्मो गाउँपालिका-५...