वीर अस्पतालको नयाँ र पुरानो भवन जोड्न लिफ्टसहित आकाशे पुल निर्माण सुरू

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ११ मंसिर । काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ भवन र पुरानो भवनलाई जोड्न लिफ्टसहितको अत्याधुनिक आकाशे पुल निर्माण गर्ने भएको छ । बिहीबार काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा.डा.विवेक आचार्य, अस्पतालका निर्देशक सहप्राध्यापक डा.विकास नेपाल, वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गीलगायतले  जगपूजा तथा शिलान्यास गरेका छन् ।
कार्यक्रममा कार्यवाहक प्रमुख डंगोलले आकस्मिक स्वास्थ्योपचार गर्नु पर्ने बिरामी बचाउन मिलिसेकेण्डको अवधिलाई पनि अधिकतम उपयोग गर्न सकियोस् भन्ने उद्देश्यले आकस्मिक सेवा भएको भवनलाई सर्जिकल तथा आइसीयू जस्ता सघन उपचार कक्ष भएको भवनसँग जोड्न अत्याधुनिक आकाशे पुल निर्माणमा गर्न लागेको बताइज् । ‘हेर्दा यो भौतिक संरचनाका रुपमा मात्र देख्न सकिन्छ । तर, यो भौतिक संरचनाभन्दा भन्दा चिकित्सक र बिरामीको सुरक्षा तथा बिरामीका आफन्तको सहजताका लागि संवेदनशील स्थान हो,’ उनले भनिन् ।

वीर अस्पतालका दुईवटा भवनका बिचमा महाबौद्धतर्फ जाने सडक छ । पुरानो भवनमा आकस्मिक कक्ष छ । आकस्मिक कक्षमा आएको बिरामीलाई शल्यक्रिया गराउन तथा सघन उपचार कक्षमा पुर्याउन सडक पार गराएर अर्को भवनमा लैजानु पर्ने अवस्था छ । ‘यो छिटो छिटो गर्नु पर्ने काम हो । सडकमा दौडिने सवारी साधन सधैँ हतारमा हुन्छन् । यसबाट जीवन बचाउन गरिने प्रयास नै दुर्घटनामा पर्ने सम्भावना छ । यो जोखिम घटाउनुलाई दायित्व ठानेर हामीले काम गरेका हौँ । डंगोलले अवस्थाको समीक्षा गर्दै भनिन्, ‘पुल निर्माण गर्नुपर्छ भनेर सबैले महसुस गरेको तर, अहिलेसम्म नथालिएको योजना हामीले कार्यान्वनयमा ल्याएका हौँ ।’
कार्यक्रममा उपकुलपति प्रा.डा.आचार्यले, आकाशे पुललाई आफूले भौतिक संरचनाका रुपमा भन्दा पनि मानवीय संवेदनामा आधारित सेवा संरचनाका रुपमा हेरेको बताएका छन् । त्यस्तै, अस्पतालका निर्देशक डा. नेपालले अस्पतालको अवस्थाका विषयमा जानकारी गराउँदै निर्माण हुने आकाशे पुलले भवनलाई मात्र होइन, सेवालाई पनि जोड्ने बताए । ९५० बेडको रिफरल अस्पतालको नयाँ भवनमा १५ वटा अपरेसन थियटर र ८० वटा आइसीयू छन् । अस्पतालका पूर्व निर्देशक वरिष्ठ कलेजो रोग विशेषज्ञ प्रा.डा. दिलिप शर्माले आफ्नो १४ महिने नेतृत्व कालमा भएको यो नै सबैभन्दा महत्वपूर्ण काम भएको उल्लेख गरेका छन् ।

‘काठमाडौँका भित्री सहरी क्षेत्रका स्थानीयबासीको पहिलो सम्पर्क अस्पताल नै यही हो । अस्पताललाई व्यवस्थित बनाउन सहकार्यका लागि हामी सदैव तत्पर छौँ,’ वडा नं. २७ का अध्यक्ष योगेश खड्गीले भने, ‘अस्पतालको दुई भवनलाई जोड्ने महानगरपालिकाको योजनालाई वडाले गौरवको योजनाका रुपमा लिएको छ ।’
४ करोड ८२ लाख ६६ हजार ८१२ रुपैयाँ लागत अनुमान रहेको निर्माण कार्य सार्वजनिक खरिद प्रक्रियाबाट ४ करोड ७१ लाख ३४ हजार ७२७ रुपैयाँमा प्राप्त भएको छ । निर्माणका लागि सुपर सौगात पीसी द्रव्य जेभीलाई २०८३ मंसिर ९ गते कार्यादेश दिएको छ । निर्माण कार्य अवधि २०८४ कार्तिक ३० मा सम्म हो ।
पुलको दुवै तर्फ राखिने लिफ्ट अस्पताल बेड लिफ्ट गुणस्तरका हुनेछ। पुलको दुवै तर्फको चढ्ने ओर्लने लिफ्ट तथा भर्याङ अस्पताल परिसरबाट हुने भएकोले निर्माण पछि दुर्घटनाको जोखिम हुनेछैन ।
आकाशे पुल पूर्ण रुपमा फलामको हुनेछ । पहिलो चरणमा फलामको पुलमा लिफ्ट जडान गरिसकेपछि दोस्रो चरणमा सहरको मौलिक स्वरुपमा बाहिरी सजावट गरिने महानगरपालिकाको सार्वजनिक निर्माण  विभागका प्रमुख सुरेश राईले जानकारी दिए । विभागका इञ्जिनियर एवं आकाशे पुलका डिजाइनर प्रेमबहादुर श्रेष्ठले, भित्री सामग्री अत्याधुनिक र बाहिरी मोहडा मौलिक स्वरुपको हुने बताएका छन् ।

तस्बिर/स्केच : काठमाडौं महानगरपालिका ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मातृभूमि र काठमाडौं जेयिभर्स फाइनलमा

काठमाडौं, १२ मंसिर । मातृभूमि र काठमाडौं जेयिभर्स शनिबार १८ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा...

सूर्यविनायक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अरनिको माविलाई

भक्तपुर, १२ मंसिर । सूर्यविनायक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि तेश्रो पटक अरनिको माविले जितेको छ । सूर्यविनायक...

नारायण-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने

काठमाडौं, १२ मंसिर । नारायणगढ-मुग्लिङ सडक खण्डअन्तर्गत तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम गर्न दैनिक पाँच घण्टा सवारी आवागमन...

‘मध्यपुर थिमि खेलकुद महोत्सव-२०८३’ आयोजना गर्दै

भक्तपुर, ११ मंसिर । मध्यपुर थिमि नगरपालिकाले खेलकुदको माध्यमबाट स्थानीय प्रतिभाको पहिचान, विकास तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले...