रसुवा बाढीमा बेपत्ता ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न सिफारिस

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ११ मंसिर । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले रसुवा भोटेकोशी बाढीमा बेपत्ता ३ हजार ९१५ व्यक्तिलाई मृत्युको घोषणा गर्न नेपाल सरकार समक्ष सिफारिस गरेको छ। गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बिहीबार सम्पन्न समितिको ३८ औं बैठकले ४८ जिल्लाबाट यकिन भई आएका ३ हजार २९२ जना स्वदेशी तथा १९ विदेशी नियोगबाट यकिन भई आएका ६२३ जना विदेशी गरी कुल ३ हजार ९१५ जनालाई मृत्युको घोषणा गर्न नेपाल सरकार समक्ष सिफारिस गरेको हो। विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा (३) मा विपद्‌मा परी बेपत्ता व्यक्तिलाई नेपाल सरकारले मृत्युको घोषणा गर्न सक्ने प्रावधान छ।

यसअघि, स्वदेशी व्यक्तिका हकमा सम्बन्धित स्थानीय तहबाट भएको सिफारिसका आधारमा सम्बन्धित जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयसहित तथा विदेशी नागरिकको हकमा सम्बन्धित मुलुकको नेपालस्थित नियोग वा नेपाल हेर्ने गरी तोकिएको नियोगबाट प्राप्त सूची उपर दाबी पेस गर्न दुई चरणमा प्राधिकरणले सात दिने सूचना प्रकाशन गरेको थियो।

त्यसैगरी, बैठकले सबैका लागि पूर्वसूचना राष्ट्रिय मार्गचित्र २०८३/०८७ स्वीकृत गरेको छ। मार्गचित्रले २०८७ सम्ममा नेपालमा सबै समुदायलाई प्रकोप पूर्वसूचना उपलब्ध गराउन बहप्रुकोप पूर्वसूचना प्रणालीको प्रभावकारी विस्तार, स्तरोन्नति र सञ्चालन गर्न लक्ष्य लिएको छ। साथै, बैठकले वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीति, २०८३  एवं कार्ययोजना, २०८३/८४-२०९१/९२ र  वायु प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय कार्ययोजना, २०८३-२०८७ पनि स्वीकृत गरेको छ।

बैठकले डढेलधुरा जिल्ला, आलिताल-१ को भोकागाउँ, मालागाउँका २४ घरधुरीलाई र आलिताल-२ को बलौचागाउँका २२ घरधुरीलाई सोही गाउँपालिकाका सुरक्षित स्थानमा सार्न स्वीकृति दिएको छ। त्यसैगरी, अर्घाखाँची जिल्ला, सन्धिखर्क-७ को मुडुङ्गे बस्तीका ४० घरधुरीलाई सोही स्थानीय तहको फुदवाङमा र गोरखा चुमनुब्री-३ देवलगाउँका ३२ घरधुरीलाई सोही पालिकाको फिलिमगाउँमा स्थानान्तरण गर्न पनि स्वीकृति दिएको छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मातृभूमि र काठमाडौं जेयिभर्स फाइनलमा

काठमाडौं, १२ मंसिर । मातृभूमि र काठमाडौं जेयिभर्स शनिबार १८ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा...

सूर्यविनायक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अरनिको माविलाई

भक्तपुर, १२ मंसिर । सूर्यविनायक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि तेश्रो पटक अरनिको माविले जितेको छ । सूर्यविनायक...

नारायण-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने

काठमाडौं, १२ मंसिर । नारायणगढ-मुग्लिङ सडक खण्डअन्तर्गत तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम गर्न दैनिक पाँच घण्टा सवारी आवागमन...

‘मध्यपुर थिमि खेलकुद महोत्सव-२०८३’ आयोजना गर्दै

भक्तपुर, ११ मंसिर । मध्यपुर थिमि नगरपालिकाले खेलकुदको माध्यमबाट स्थानीय प्रतिभाको पहिचान, विकास तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले...