काठमाडौं, १० मंसिर । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । छापावाल सुन प्रतितोला एक हजार ४०० र चाँदी ३५ रुपैयाँले बढेको हो ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ४२ हजार ८०० र चाँदीको मूल्य तीन हजार ७५ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ४१ हजार ४०० र चाँदी तीन हजार ४० मा कारोबार भएको थियो ।







