लुम्बिनी विकास कोषको उपाध्यक्ष आनी छोइङ डोल्माविरुद्ध सर्वोच्चमा रिट

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०८ मंसिर । लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) को नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । बौद्ध भिक्षुणी डोल्माको नियुक्ति गैरकानुनी, विधि र प्रक्रियाविपरीत भएको दाबी गर्दै राष्ट्रिय जेनजी नागरिक अभियानका तर्फबाट सर्वोच्च अदालतमा रिट दर्ता गराएको छ ।

नागरिकतासम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको बेलामा विधि प्रक्रियाभन्दा बाहिर रहेर  नियुक्ति गरिएको अभियानको दाबी छ । रिट निवेदकमा संगठनका संयोजक सुनिल सिंह, वीरजन विश्वकर्मा र सफलता बोगटीलगायत छन् ।
आनीलाई सरकारले असोज ३१ गते लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको थियो । लुम्बिनी विकास कोष ऐनअनुसार उपाध्यक्षको पदावधि पाँच वर्षको हुनेछ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

क्यान्सर र मिर्गौलाका औषधि उपलब्ध गराउन विभागले सार्वजनिक गर्‍यो कम्पनी र सम्पर्क व्यक्तिको विवरण

काठमाडौं, ०८ मंसिर । क्यान्सर र मिर्गौलाका बिरामीले प्रयोग गर्ने अत्यावश्यक औषधि बजारमा अभाव भएको गुनासो बढेपछि औषधि...

काठमाडौं महानगरमा सुरू भयो जलवायु सप्ताह

काठमाडौं, ०८ मंसिर । काठमाडौ महानगरपालिकामा सोमबारबाट जलवायु सप्ताह सुरू भएको छ । मंसिर १३ गतेसम्म चल्ने सप्ताहव्यापी...

जमिन पुनःभरण (रिचार्ज काठमाडौँ) अभियान सुरु

काठमाडौं, ०८ मंसिर । काठमाडौं महानगरपालिकाले राष्ट्रिय सभा गृह परिसरबाट जमिन पुनःभरण (रिचार्ज काठमाडौँ) अभियान सुरु गरेको छ...

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच वार्ता सक्यो

काठमाडौं, ०७ मंसिर । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज नयाँ...