फेरी बढ्यो सुनको भाउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०७ मंसिर । लगातार १० दिनदेखि ओरालो लागेको सुनचाँदीको भाउ सोमबार बढेको छ । सुनको भाउ आज ४ हजार ८०० रुपैयाँले बढेर तोलाको २ लाख ४७ हजार ४०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
कारोबार हुने हप्ताको पहिलो दिन हिजो आइतबार सुनको भाउ तोलामा २ हजार ८०० रुपैयाँले घटेर २ लाख ४२ हजार ६०० रुपैयाँमा झरेको थियो । गएको कात्तिक २७ गतेदेखि सुनचाँदीको भाउ घट्दै आएको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि ४५ रुपैयाँले बढेर तोलाको ३ हजार ११० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदीको भाउ ३ हजार ६५ रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा नै सुनचाँदीको भाउ एक वर्षयताकै न्यून विन्दुमा झरेर आज फेरि उकालो लागेको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच वार्ता सक्यो

काठमाडौं, ०७ मंसिर । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज नयाँ...

प्रधानमन्त्री शाहलाई राष्ट्रपति भवनमा राजकीय सम्मान

काठमाडौं, ०७ मंसिर । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहलाई नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा ‘गार्ड अफ...

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारीमा ऊर्जा मन्त्री श्रेष्ठ

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...

आज दिल्ली उड्दै प्रधानमन्त्री बालेन

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह बालेन आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...