लामो समयदेखि रोकिएको सीटीईभीटीको परिक्षाफल प्रकाशित

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०२ मंसिर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले लामो समयदेखि रोकिएको विद्यार्थीको परीक्षाफल प्रकाशित गरेको छ। सीटीईभीटीका विभिन्न तह र विषयको परीक्षा, मौका परीक्षा र पुनर्योगको समेत परीक्षाफल प्रकाशनमा ढिलाइ हुँदा विद्यार्थी मारमा परेपछि शिक्षा सचिवको उपस्थिति र सदस्यसचिव प्रमोदभक्त आचार्यको अध्यक्षतामा बैठक बसी परीक्षाफल प्रकाशित गरेको छ। सीटीईभीटीको नियमावलीमा उपाध्यक्ष परीक्षा समितिको अध्यक्ष रहने व्यवस्था भए पनि विनियमावलीलाई आधार मानेर सदस्यसचिवको अध्यक्षतामा मंगलबार बैठक बसी परीक्षाफल प्रकाशित गरेको हो।

उपाध्यक्ष पद रिक्त हुँदा डिप्लोमा र प्रिडिप्लोमा तहका स्वास्थ्य, इन्जिनियरिङ, कृषि, होटल व्यवस्थापनलगायतका विषयहरूको पुनर्योगको नतिजा प्रकाशन र साउनमा लिइएको प्रिडिप्लोमा तहको मौका परीक्षाको परीक्षाफल प्रकाशन गर्न ढिलाइ भएको थियो। ८ महिनाअघि रिटोटलिङका लागि निवेदन दिएका विद्यार्थीको समेत अहिलेसम्म निर्णय हुन सकेको छैन ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारीमा ऊर्जा मन्त्री श्रेष्ठ

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...

आज दिल्ली उड्दै प्रधानमन्त्री बालेन

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह बालेन आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

रसुवा बाढीपीडितलाई सुन्दरीजल होल्डिङ सेन्टर छाड्न दबाब

काठमाडौं, ०५ मंसिर । काठमाडौंको सुन्दरीजलस्थित बीपी चोकमा रहेको होल्डिङ सेन्टरबाट हट्न दबाब दिएपछि रसुवाका ३५ बाढीपीडित बिचल्लीमा...

नगर प्रमुख प्रजापतिद्वारा परीक्षा समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण

भक्तपुर, ०५ मंसिर । नगर शिक्षा समिति भक्तपुरले शुक्रबार भक्तपुर नगरपालिकाभित्र अध्ययनरत विद्यार्थीहरूको परीक्षा सञ्चालनमा समन्वय तथा आवश्यक...