भोटेकोशी हाइड्रोपावरमा कार्यरत कर्मचारीको डुबेर मृत्यु

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०२ मंसिर । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ मा रहेको भोटेकोशी हाइड्रोपावरमा कार्यरत एक कर्मचारीको पानीमा डुबेर मृत्यु भएको छ। भोटेकोशी हाइड्रोपावर प्रालिमा इलेक्ट्रिकल अपरेटरका रूपमा कार्यरत बाह्रबिसे नगरपालिका-७, जुरेका दीपक पराजुलीको मृत्यु भएको हो। पराजुली सोमबार साँझदेखि हराइरहेका थिए। हाइड्रोपावरका कर्मचारीले उनी हराएको जानकारी प्रहरीलाई गराएपछि खोजी सुरु गरिएको थियो।

प्रहरी टोली राति करिब १ बजे घटनास्थल पुगेको थियो। खोजीका क्रममा मंगलबार बिहान करिब २ बजे हाइड्रोपावरको सुरुङमा पानी पठाउन बनाइएको संरचनाको मुखमा रहेको तारमा अड्किएको अवस्थामा उनको शव फेला परेको हो।
पराजुली हराएको सूचना प्राप्त भएपछि अस्थायी प्रहरी पोस्ट १० किलोबाट प्रहरी सहायक निरीक्षक शंकर राईको कमान्डमा तीन जनाको प्रहरी टोली खटिएको थियो।
खोजीका क्रममा सुरुङको मुखमा रहेको तारमा अड्किएको अवस्थामा उनको शव फेला परेको प्रहरी सहायक निरीक्षक राईले जानकारी दिए।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारीमा ऊर्जा मन्त्री श्रेष्ठ

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...

आज दिल्ली उड्दै प्रधानमन्त्री बालेन

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह बालेन आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

रसुवा बाढीपीडितलाई सुन्दरीजल होल्डिङ सेन्टर छाड्न दबाब

काठमाडौं, ०५ मंसिर । काठमाडौंको सुन्दरीजलस्थित बीपी चोकमा रहेको होल्डिङ सेन्टरबाट हट्न दबाब दिएपछि रसुवाका ३५ बाढीपीडित बिचल्लीमा...

नगर प्रमुख प्रजापतिद्वारा परीक्षा समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण

भक्तपुर, ०५ मंसिर । नगर शिक्षा समिति भक्तपुरले शुक्रबार भक्तपुर नगरपालिकाभित्र अध्ययनरत विद्यार्थीहरूको परीक्षा सञ्चालनमा समन्वय तथा आवश्यक...