प्रधानमन्त्री शाहले हेरफेर गरे सचिवालय सदस्यको जिम्मेवारी

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ३० कात्तिक । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आफ्नो सचिवालयका सदस्यहरूको जिम्मेवारी हेरफेर गरेका छन् । सहसचिव सरहको सेवा सुविधा पाउने पाँच जनालाई विभिन्न क्षेत्रको संयोजक र उपसचिव सरहको सेवा सुविधा पाउने पाँच जनालाई उपसंयोजकको जिम्मेवारी दिइएको छ ।

सन्जिव पाण्डेलाई विकास तथा मन्त्रालयगत समन्वय, सन्तोष गिरीलाई अन्तरनिकाय समन्वय, विशाल अधिकारीलाई सरकारी मामिला तथा योजना समन्वय, दिपा दाहाललाई मिडिया व्यवस्थापन र विश्व राईलाई सामाजिक विकास समन्वय संयोजकको जिम्मेवारी दिइएको प्रधानम्नत्रीको सचिवालय स्रोतले जनाएको छ । त्यस्तै, सुमन गौतमलाई नागरिक उड्डयन, रविकिरण अधिकारीलाई सामाजिक विकास, प्रकृति ढकाललाई स्वास्थ्य, विनय शाक्यलाई संस्कृति तथा सम्पदा र दिपकप्रसाद ओलीलाई नीति मस्यौदा अध्ययन उपसंयोजकको जिम्मेवारी तोकिएको छ ।

यसअघि सूचना प्रविधि विज्ञका रूपमा कार्यरत माधव खनाललाई भने सचिवालयबाट हटाइएको छ । सचिवालय सदस्यहरूको कार्यसम्पादनको समीक्षा गरी जिम्मेवारी हेरफेर गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका मुख्य सल्लाहकारमा कुमार व्यञ्जनकार र राजनीतिक सल्लाहकारमा असिम शाह यथावत् छन् । स्वास्थ्य सल्लाहकारमा प्राडा जगदीशप्रसाद अग्रवाल कायम छन् ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारीमा ऊर्जा मन्त्री श्रेष्ठ

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...

आज दिल्ली उड्दै प्रधानमन्त्री बालेन

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह बालेन आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

रसुवा बाढीपीडितलाई सुन्दरीजल होल्डिङ सेन्टर छाड्न दबाब

काठमाडौं, ०५ मंसिर । काठमाडौंको सुन्दरीजलस्थित बीपी चोकमा रहेको होल्डिङ सेन्टरबाट हट्न दबाब दिएपछि रसुवाका ३५ बाढीपीडित बिचल्लीमा...

नगर प्रमुख प्रजापतिद्वारा परीक्षा समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण

भक्तपुर, ०५ मंसिर । नगर शिक्षा समिति भक्तपुरले शुक्रबार भक्तपुर नगरपालिकाभित्र अध्ययनरत विद्यार्थीहरूको परीक्षा सञ्चालनमा समन्वय तथा आवश्यक...