बालबालिकालाई एक मिनेटको भिडियो प्रतियोगिता, ५० हजार पुरस्कार

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ३० कात्तिक । काठमाडौं महानगरपालिकाले काठमाडौं जलवायु कार्य सप्ताह २०८३ अन्तर्गत विद्यालय उमेरका बालबालिकाका लागि एक मिनेटसम्मको भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ । महानगरपालिकाले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि व्यक्ति तथा समुदायको जिम्मेवारी प्रवर्द्धन गर्ने उद्देश्यले मङ्सिर ७ देखि १३ गतेसम्म जलवायु कार्य सप्ताह आयोजना गर्न लागेको हो ।

सप्ताहअन्तर्गत कक्षा ६ देखि १२ सम्म अध्ययनरत बालबालिकाबीच ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो प्रतियोगिता हुन लागेको महानगरपालिकाले आइतबार जारी गरेको सूचनामार्फत जनाएको छ । प्रतियोगितामा काठमाडौं महानगरपालिकाका स्थायी बासिन्दाका बालबालिका तथा महानगरभित्रका सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थी सहभागी हुन पाउनेछन् ।

प्रतियोगितामा प्रथम हुनेले ५० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै, सात जनालाई जनही १० हजार रुपैयाँका दरले सान्त्वना पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगितामा सहभागी हुन तथा थप जानकारी लिन महानगरपालिकाले सार्वजनिक गरेको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी दर्ता गर्न सकिनेछ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारीमा ऊर्जा मन्त्री श्रेष्ठ

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...

आज दिल्ली उड्दै प्रधानमन्त्री बालेन

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह बालेन आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

रसुवा बाढीपीडितलाई सुन्दरीजल होल्डिङ सेन्टर छाड्न दबाब

काठमाडौं, ०५ मंसिर । काठमाडौंको सुन्दरीजलस्थित बीपी चोकमा रहेको होल्डिङ सेन्टरबाट हट्न दबाब दिएपछि रसुवाका ३५ बाढीपीडित बिचल्लीमा...

नगर प्रमुख प्रजापतिद्वारा परीक्षा समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण

भक्तपुर, ०५ मंसिर । नगर शिक्षा समिति भक्तपुरले शुक्रबार भक्तपुर नगरपालिकाभित्र अध्ययनरत विद्यार्थीहरूको परीक्षा सञ्चालनमा समन्वय तथा आवश्यक...