काठमाडौं, २३ कात्तिक। नेपाली बजारमा सोमबार (कात्तिक २३) सुनचाँदीको मूल्य उकालो लागेको छ । आइतबार स्थिर रहेको सुनचाँदीको मूल्य उकालो लागेको हो ।
सोमबार छापावाल सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले बढेर २ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार स्थिर रहँदै सुनको मूल्य २ लाख ८३ हजार रुपैयाँमा थियो ।
साथै, सोमबार चाँदीको मूल्य ४५ रुपैयाँले बढेर ३ हजार ८१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार स्थिर रहँदै चाँदीको मूल्य ३ हजार ८१० रुपैयाँ थियो ।







