मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक तथा व्यापार महोत्सव’ सुरु

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १४ कार्तिक । चन्द्रागिरि नगरपालिका-६ मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक तथा व्यापार महोत्सव’ सुरु भएको छ । मातातीर्थ संरक्षण तथा विकास संस्थाको मुख्य आयोजनामा शुक्रबार (कार्त्तिक १३) सुरु भएको महोत्सव कार्तिक ३० गतेसम्म चन्द्रागिरि नगरपालिका-६ बालागाउँस्थित मातातीर्थ कुण्डचौरमा चल्नेछ ।

संस्थाका अध्यक्ष शान्त उदासका अनुसार महोत्सवमा राष्ट्रिय कलाकारको साङ्गीतिक प्रस्तुति, फेसन तथा नृत्य, विभिन्न वस्तु तथा सेवाका प्रदर्शनी र मनोरञ्जनात्मक गतिविधि समावेश गरिने छ । उनले महोत्सवमा औद्योगिक उत्पादन, सूचना तथा विज्ञान प्रविधि, कृषि औजार, अटोमोबाइल, विद्युतीय सामग्री, मोबाइल तथा इलेक्ट्रोनिक्सका साथै स्थानीय कला, संस्कृति, व्यापार र पर्यटनसम्बन्धी प्रदर्शनी जानकारी दिएका छन् ।

त्यस्तै, बाल उद्यान, विभिन्न मनोरञ्जनात्मक खेल, सांस्कृतिक कार्यक्रम, व्यापारिक स्टल तथा स्थानीय उत्पादनको प्रदर्शनी महोत्सवका प्रमुख आकर्षण रहने अध्यक्ष उदासले बताए । उनका अनुसार महोत्सवमा प्रवेश निःशुल्क रहनेछ । कार्त्तिक १९, २०, २१, २७, २८, २९ र ३० गते आयोजना हुने विशेष सांस्कृतिक कार्यक्रमका लागि प्रवेश शुल्क लाग्ने आयोजकले जनाएको छ ।

महोत्सव व्यवस्थापन समितिका संयोजक सन्दीप महतले महोत्सवले स्थानीय व्यापार तथा व्यवसायको प्रवर्द्धन, सांस्कृतिक पहिचानको संरक्षण, पर्यटन विकास र स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुर्‍याउने बताए । उनले महोत्सवले चन्द्रागिरि क्षेत्रको आर्थिक र पर्यटन गतिविधिलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरे।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारीमा ऊर्जा मन्त्री श्रेष्ठ

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...

आज दिल्ली उड्दै प्रधानमन्त्री बालेन

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह बालेन आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

रसुवा बाढीपीडितलाई सुन्दरीजल होल्डिङ सेन्टर छाड्न दबाब

काठमाडौं, ०५ मंसिर । काठमाडौंको सुन्दरीजलस्थित बीपी चोकमा रहेको होल्डिङ सेन्टरबाट हट्न दबाब दिएपछि रसुवाका ३५ बाढीपीडित बिचल्लीमा...

नगर प्रमुख प्रजापतिद्वारा परीक्षा समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण

भक्तपुर, ०५ मंसिर । नगर शिक्षा समिति भक्तपुरले शुक्रबार भक्तपुर नगरपालिकाभित्र अध्ययनरत विद्यार्थीहरूको परीक्षा सञ्चालनमा समन्वय तथा आवश्यक...