६५ औं विराट नेपाल भाषा साहित्य सम्मेलन सम्पन्न

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, ८ कार्त्तिक । नेपाल भाषा साहित्यको संरक्षण, प्रवर्द्धन तथा मातृभाषाप्रतिको जागरण अभिवृद्धि गर्ने उद्देश्यले आयोजित ६५ औं विराट नेपाल भाषा साहित्य सम्मेलन सम्पन्न भएको छ । विराट नेपाल भाषा साहित्य सम्मेलन गुठीले भक्तपुरको सूर्यविनायकमा आयोजना गरेको सम्मेलनमाा वरिष्ठ साहित्यकार प्रा. नर्मदेश्वर प्रधानले नेपालभाषा साहित्य तथा भाषा संरक्षणमा योगदान पुर्याए बापत साहित्यकार प्रा. प्रेमशान्ति तुलाधरलाई अभिनन्दन गरेको छ ।

सम्मेलनमा नेपाल भाषा विषयमा उत्कृष्ट अंक प्राप्त गर्ने सुकुन्तला महर्जन (२०८१) र भिक्षु सोमरत्न महर्जन (२०८२) लाई विराट सुरत्न सिरपा पुरस्कार प्रदान गरिएको छ ।
नेपाल भाषा विषयमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरु, २०८२ को एसईई परीक्षामा नेपालभाषा विषयमा सर्वाधिक अंक प्राप्त गर्ने जगतसुन्दर ब्वनेकुथिका विद्यार्थी कजना (प्बवबलब) श्रेष्ठलाई नेपाल भाषा पदकबाट सम्मानित गरिएको छ ।
नेपालभाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा विकासमा लामो समयदेखि योगदान पुर्याउँदै विगत ६४ वर्षदेखि हरेक वर्ष निरन्तर रुपमा भाषा र साहित्यको संरक्षण गर्ने लक्ष्यका साथ सम्मेलन आयोजना गर्दै आएको  गुठीका अध्यक्ष महेन्द्रगोपाल कर्माचार्यले बताए। नेपाल भाषाको साहित्यिक विकास, मातृभाषाको प्रयोग विस्तार तथा नयाँ पुस्तामा भाषा र संस्कृतिप्रतिको रुचि बढाउने उद्देश्यले आयोजित सम्मेलनमा नेपाल भाषाको साहित्य सिर्जना, वाचन, स्रष्टा सम्मान तथा विद्यार्थीलाई प्रोत्साहन गर्ने कार्यक्रम गर्दै आएको उनले बताए ।

सम्मेलनमा सहभागि साहित्यकारहरुले आफ्ना नेपाल भाषामा रचित कथा, कविता, गीतलगायत विभिन्न सिर्जना प्रस्तुत गर्दै साहित्यिक गतिविधिमार्फत नेपालभाषाको मौलिकता, सांस्कृतिक पहिचान र सिर्जनात्मक परम्परालाई उजागर गरेको गुठीका सचिव रामचन्द्र प्रजापतिले बताए । मातृभाषा संरक्षण र प्रवर्द्दनको अभियानलाई निरन्तरता दिँदै आएको सम्मेलनले भाषा, साहित्य र संस्कृतिको पुस्तान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको उनले बताए।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारीमा ऊर्जा मन्त्री श्रेष्ठ

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...

आज दिल्ली उड्दै प्रधानमन्त्री बालेन

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह बालेन आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

रसुवा बाढीपीडितलाई सुन्दरीजल होल्डिङ सेन्टर छाड्न दबाब

काठमाडौं, ०५ मंसिर । काठमाडौंको सुन्दरीजलस्थित बीपी चोकमा रहेको होल्डिङ सेन्टरबाट हट्न दबाब दिएपछि रसुवाका ३५ बाढीपीडित बिचल्लीमा...

नगर प्रमुख प्रजापतिद्वारा परीक्षा समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण

भक्तपुर, ०५ मंसिर । नगर शिक्षा समिति भक्तपुरले शुक्रबार भक्तपुर नगरपालिकाभित्र अध्ययनरत विद्यार्थीहरूको परीक्षा सञ्चालनमा समन्वय तथा आवश्यक...