मलेसिया जाने श्रमिकसँग गैरकानूनी शुल्क लिएको आरोपमा चार जना पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २९ असोज । मलेसियामा वैदेशिक रोजगारीमा जानका लागि स्वास्थ्य परीक्षण गराउने श्रमिकसँग सरकारले तोकेको शुल्कबाहेक अतिरिक्त रकम असुल लिएको आरोपमा चार जना पक्राउ परेका छन् । स्वास्थ्य परीक्षणका क्रममा ‘बायो-मेडिकल सर्भिस चार्ज’का नाममा गैरकानुनी रूपमा अतिरिक्त शुल्क उठाएर श्रमिकलाई आर्थिक नोक्सानी पुर्‍याएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-१ का ४२ वर्षीय कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका-९ का ४० वर्षीय रविन्द्र केसी, गोरखा नगरपालिका-३ घरभई काठमाडौंको टोखा नगरपालिका-११ महादेवटार बस्ने ४२ वर्षीय प्रविण तिवारी र सर्लाहीको मलंगवा नगरपालिका-४ घरभई काठमाडौंको गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्ती बस्ने ४५ वर्षीय रामपुकार तिवारी छन् ।

सीआईबीका अनुसार मलेसियामा वैदेशिक रोजगारीमा जानका लागि गरिने स्वास्थ्य परीक्षणमा नेपाल सरकारले निर्धारण गरेको शुल्कबाहेक ‘म्याक्रोटेक प्रालि’को नाममा ‘बायो-मेडिकल सर्भिस चार्ज (मेडिकल स्क्रिनिङ)’ उल्लेख गरी अतिरिक्त रकम असुल्ने गरिएको थियो ।
यसरी गैरकानूनी रूपमा संगठित ढंगले रकम संकलन गरी श्रमिकलाई आर्थिक हानि पुर्‍याएको र संलग्न व्यक्तिहरूले आर्थिक लाभ लिएको आरोपमा उनीहरूमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको ब्यूरोको प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसमेतको जाहेरीका आधारमा नेपाल सरकार वादी तथा कैलाश खड्कासमेत प्रतिवादी रहेको ठगीसम्बन्धी कसुर र संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ ।
पक्राउ परेका चारै जनालाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । यस घटनाबाट पीडित भएका श्रमिकलाई प्रमाणसहित सीआईबी वा नजिकको प्रहरी कार्यालयमा उपस्थित भई उजुरी तथा जाहेरी दिनसमेत ब्यूरोले अनुरोध समेत गरेको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

रानीपोखरीमा एक पुरुष मृत फेला

काठमाडौं, २९ असोज । रानीपोखरीमा एक व्यक्ति मृत फेला परेका छन् । अन्दाजी ३५/४० वर्षका पुरुष बिहीबार बिहान...

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं, २९ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ जारी गरेको...

हेटौंडा-भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डमा टाइमकार्ड

हेटौंडा, २९ असोज । हेटौंडाबाट काठमाडौं जाने छोटो वैकल्पिक मार्ग हेटौंडा-भैंसे-भीमफेदी-कुलेखानी-सिस्नेरी, फाखेल, दक्षिणकाली र फर्पिङ हुँदै आउजाउ गर्ने...

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...