हेटौंडा-ढल्केवर ४०० केभी प्रसारण लाइनको काम अन्तिम चरणमा

Date:

Share post:

Suryabinayak Nagarpalika

हेटौंडा, १९ असोज । एक दशकदेखि अल्झिएको हेटौंडा-ढल्केवर ४०० केभी प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ । बाँकी दुई मल्टिसर्किट टावर निर्माण सम्पन्न गरेर दसैंलगत्तै प्रसारण लाइन सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार प्रसारण लाइन अन्तर्गत १६ वटा टावरमध्ये १४ वटा डबल सर्किट टावर निर्माण भइसकेका छन् । बाँकी दुइटा मल्टिसर्किट टावरको निर्माण अन्तिम चरणमा पुगेको छ । ‘१४ वटा टावर तयार भइसके, बाँकी दुई टावरको कार्यप्रगति पनि राम्रो छ, १०/१५ दिनमै तयार गरेर चार्ज गर्छौं,’ कार्यकारी निर्देशक श्रेष्ठले भने, ‘दसैंलगत्तै चार्ज गर्ने तयारी छ ।’

उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आइतबार हेटौंडा-ढल्केवर ४०० केभी सबस्टेसन निरीक्षण गर्दै निर्माणाधीन दुई मल्टिसर्किट टावरको प्रगति विवरण लिएका थिए । हेटौंडा-ढल्केवर प्रसारण लाइनलाई विद्युत् प्रणालीको ‘ब्याकबोन’ का रुपमा लिइएको छ । यो प्रसारण लाइन सञ्चालनमा आएपछि विद्युत आपूर्तिको सहज हुने तथा विद्युत् खपत र निर्यात दुवै बढाउन सहज हुने उनले बताए।

करिब १० वर्षदेखि जग्गाअधिग्रहणलगायत विभिन्न कारणले रोकिएको प्रसारण लाइनको बाँकी काम अगाडि बढाउन मन्त्रिपरिषद्ले निर्णय गरेपछि छिटो भएको प्राधिकरणले जनाएको छ । ‘अर्बौं रुपैयाँ खर्च भइसकेको यो आयोजनामा १६ वटा टावरको काम लामो समयदेखि रोकिएको थियो,’ मन्त्री श्रेष्ठले भने, ‘अब यहाँबाट बुटवल र ढल्केबर जाने, इनरुवाबाट बुटवल जानेजस्ता लाइन जोडिएर उर्जाको राजमार्ग बन्छ ।’
प्रसारण लाइन सञ्चालनमा आएपछि नेपालको विद्युत प्रणाली थप सन्तुलित र गुणस्तरीय बन्ने उनले बताए । ‘यो प्रसारण लाइन चार्ज भइसकेपछि नेपालको उर्जा धेरै सन्तुलित र गुणस्तरीय हुन्छ, प्रसारण लाइनले अहिले गति लिएको छ, उर्जा क्षेत्र अब स्थिर हुन्छ,’ मन्त्री श्रेष्ठले भने ।
हाल करिब ३ सय मेगावाट क्षमतामा विद्युत् प्रवाह भइरहेको यो खण्ड सम्पन्न भएपछि करिब २ हजार मेगावाटसम्म विद्युत प्रवाह गर्न सकिने उनको भनाइ छ । यो प्रसारण लाइनले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत देशभित्रै खपत गर्न तथा अन्तर्देशीय विद्युत व्यापार विस्तार गर्न पनि प्रसारण लाइन महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...

रसुवा बाढीमा सम्पर्कबिहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन सुरू

काठमाडौं, २७ असोज । भदौ १० को रसुवा बाढी कारण सम्पर्कबिहीन भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई तत्कालको...