भक्तपुर, १९ असोज । सूर्यविनायक नगरपालिका-८ कँपलिचोकमा सञ्चालित प्लास्टिक दाना बनाउने कारखानामा आगलागी भएको छ । नवराज भट्टले सञ्चालन गरेको विके सप्लायर्समा बिहान ६ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । दमकल र स्थानीयको सहायताले आगलागी नियन्त्रणमा लिइएको छ ।
आगलागीका कारण कारखानामा रहेका मेसिन र प्लास्टिकका कच्चा पदार्थ पूर्ण रूपमा क्षति भएका छन् । साथै, कारखानासँग रहेको दिनेश मचामसीको यूपीभीसीबाट बनेको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ । आगलागीको कारण भने खुलेको छैन ।
यसैबीच, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आगलागी भएको क्षेत्रको निरीक्षण गरेका छन् ।







