गैंडाकोट-२ का बाढी प्रभावित १४० परिवारलाई १४ लाख बराबरको राहत सामग्री हस्तान्तरण

Date:

Share post:

Suryabinayak Nagarpalika

नवलपुर, १४ असोज । गैंडाकोट नगरपालिका-२ स्थित नारायणी नदी किनारमा आएको ९,१० र ११ असोजमा बाढीबाट प्रभावित भई अस्थायी आश्रयस्थलमा बस्दै आएका १४० घरपरिवारलाई पहिलो चरणको राहत सामग्री हस्तान्तरण गरिएको छ। गैंडाकोट नगरपालिकाको अनुरोध तथा जागृति बाल तथा युवा सरोकार नेपाल (JCYCN) को समन्वयमा सेभ द चिल्ड्रेनको सहयोगमा करिब १४ लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको हो।
जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दीपक शर्माका अनुसार नारायणी नदी किनारमा बसोबास गर्दै आएका १४० घरपरिवार बाढीबाट प्रभावित भएपछि उनीहरूलाई नजिकैको महेन्द्र स्मारक आधारभूत विद्यालयमा स्थापना गरिएको अस्थायी आश्रयस्थल (होल्डिङ सेन्टर) मा सुरक्षित रूपमा राखिएको थियो। सोही स्थानमा नगरपालिका तथा वडा कार्यालयसँगको समन्वयमा प्रभावित परिवारलाई अत्यावश्यक राहत सामग्री हस्तान्तरण गरिएको हो। प्रभावित परिवारको तत्कालीन आवश्यकता सम्बोधन गर्ने उद्देश्यले प्रत्येक परिवारका लागि शेल्टर किट, ब्ल्याङ्केट, पी–फोम, साबुन, टुथब्रस, टुथपेस्ट, स्यानिटरी प्याड तथा झुललगायतका सामग्री समावेश गरी पारिवारिक राहत प्याकेज तयार पारिएको थियो।

महासचिव शर्माले बाढीका कारण विस्थापित भई अस्थायी आश्रयस्थलमा बस्न बाध्य भएका परिवारको तत्कालीन आवश्यकता पूरा गर्न पहिलो चरणमा राहत सामग्री उपलब्ध गराइएको जानकारी दिए। स्थानीय सरकार र जागृति बाल तथा युवा सरोकार नेपाल को अनुरोधमा सेभ द चिल्ड्रेनको सहयोग र संस्थाको समन्वयमार्फत राहत सामग्री प्रभावित परिवारसम्म पुर्‍याइएको उनले बताए।

जागृति बाल तथा युवा सरोकार नेपालले भूकम्प कोभिड भोटेकोशी बाढी लगायत देशमा विभिन्न प्रकोप भइराख्दा विभिन्न विकासका साझेदार संस्था निजी क्षेत्रसँगको सहकार्यमा राहत पुनर्स्थापना र जीविकोपार्जनमा समेत सहयोग गर्दै आइरहेको कुरा संस्थाका अध्यक्ष तिलोतम पौडेलले बताए । उनले विपदमा राहत र पुनःस्थापना सँगसँगै बालबालिका किशोर किशोरी सुत्केरी तथा गर्भवती महिला र जेष्ठ नागरिकमाथि हिंसा दुर्व्यवहार बेचबिखन भेदभाव पनि हुन सक्ने कुरा तर्फ पनि थप ध्यान दिनुपर्ने कुरा बताउँदै सहयोग सँगसँगै मनोविमर्श र सचेतना पनि आवश्यक भएको बताएका छन् ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मातृभूमि र काठमाडौं जेयिभर्स फाइनलमा

काठमाडौं, १२ मंसिर । मातृभूमि र काठमाडौं जेयिभर्स शनिबार १८ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा...

सूर्यविनायक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अरनिको माविलाई

भक्तपुर, १२ मंसिर । सूर्यविनायक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि तेश्रो पटक अरनिको माविले जितेको छ । सूर्यविनायक...

नारायण-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने

काठमाडौं, १२ मंसिर । नारायणगढ-मुग्लिङ सडक खण्डअन्तर्गत तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम गर्न दैनिक पाँच घण्टा सवारी आवागमन...

‘मध्यपुर थिमि खेलकुद महोत्सव-२०८३’ आयोजना गर्दै

भक्तपुर, ११ मंसिर । मध्यपुर थिमि नगरपालिकाले खेलकुदको माध्यमबाट स्थानीय प्रतिभाको पहिचान, विकास तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले...