काठमाडौं, ०८ असोज । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । बुधबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य ३ हजार ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । योसँगै बिहीबार छापावाल सुनको मूल्य २ लाख ९९ हजार १०० रुपैयाँ कायम भएको छ । बुधबार १०० रुपैयाँले बढेर सुनको मूल्य ३ लाख २ हजार ३०० रुपैयाँ थियो । मंगलबार १ हजार ७०० रुपैयाँले घटेर सुनको मूल्य ३ लाख २ हजार २०० रुपैयाँ थियो ।
सोमबार १ हजार ३०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य ३ लाख ३ हजार ९०० रुपैयाँ थियो । आइतबार २ हजार १०० रुपैयाँ बढेर सुनको मूल्य ३ लाख ५ हजार २०० रुपैयाँ थियो ।
यस्तै, बिहीबार चाँदीको मूल्य १६५ रुपैयाँले घटेर ४ हजार ६५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदीको मूल्य ४० रुपैयाँले बढेर ४ हजार ८१५ रुपैयाँ थियो । मंगलबार चाँदीको मूल्य ३० रुपैयाँले घटेर ४ हजार ७७५ रुपैयाँ थियो ।
सोमबार चाँदीको मूल्य १० रुपैयाँले बढेर ४ हजार ५ रुपैयाँ थियो । आइतबार चाँदीको मूल्य २० रुपैयाँले बढेर ४ हजार ७९५ रुपैयाँ थियो ।







