बिजुलीमा भ्याट हटाउने सहमति

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०५ असोज । सरकारले बिजुलीमा भ्याट हटाउने भएको छ। भ्याट हटाउनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र अर्थमन्त्री स्वर्णिम वाग्लेबीच सहमति जुटेको ऊर्जा मन्त्रालयले जनाएको छ। ऊर्जा मन्त्रालयका एक अधिकारीका अनुसार आइतबार ऊर्जामन्त्री श्रेष्ठले अर्थमन्त्री वाग्लेसँग भ्याट हटाउन प्रस्ताव गरेका थिए। ‘हामीले ऊर्जा खपत रणनीति २०८३ लागू गरेका छौं। खपत बढाउनका लागि त मूल्य धेरै हुनु भएन। त्यो हिसाबले ऊर्जामन्त्रीज्यूले अर्थमन्त्रीज्यूसँग भ्याट हटाउन प्रस्ताव गर्नुभयो। प्रस्तावमा अर्थमन्त्रीज्यू सकारात्मक हुनु भएको छ,’ ती अधिकारीले भने।

अब अर्थमन्त्री वाग्लेले भ्याट हटाउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने सहमति भएको उनले बताए। ‘भ्याटले उपभोक्तालाई थप वित्तीय भार पर्‍यो। जतिसक्दो छिटो हटाउनुपर्छ भनेर अब उहाँले मन्त्रिपरिषदमा लैजाने हुनु भएको छ,’ उनले भने। मन्त्रिपरिषद बैठकबाट निर्णय भएपछि भ्याट हट्नेछ।
सरकारले चालु आर्थिक वर्षदेखि विद्युत् भ्याट लगाउन थालेको छ। घरायसी ग्राहकका लागि ५ प्रतिशत र औद्योगिक तथा अन्य गैरघरायसी ग्राहकका लागि १३ प्रतिशत भ्याट लगाउने व्यवस्था वाग्लेले नै गरेका हुन्। यो व्यवस्थाको चौतर्फी आलोचना भएसँगै सरकारले हटाउने तयारी गरेको हो। विद्युतमा भ्याट हटाउन प्रधानमन्त्रीसमेत सकारात्मक देखिएको ऊर्जा मन्त्रालयका ती अधिकारीको भनाइ छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...