एन्फाका कोषाध्यक्ष र लेखापाल पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०५ असोज । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डे पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले एन्फाको मुख्यालयमा शुक्रबार साँझ (असोज २ गते) छापा मार्दै उनीहरूलाई पक्राउ गरेको थियो। जोशी ललितपुर ३ का हुन् भने पाण्डे ललितपुर ५ का बासिन्दा हुन्।

आइतबार मात्र सिआइबीले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै दुई जनालाई पक्राउ गरेको जानकारी गराएको छ। साथै आइतबारनै उनीहरूमाथि जिल्ला अदालत ललितपुरबाट ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमतिसमेत पाएको छ।
उनीहरूमाथि खेलमा मिलेमतो गरेको आरोप छ। सिआइबीले प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूमाथि खेलमा मिलेमतो तथा अनियमितता र ठगी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जनाएको छ।

सिआइबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले एन्फाका पदाधिकारीले अनियमितता गरेको आरोपसहित धेरै उजुरी परेको छ। सोही उजुरीका आधारमा पक्राउ गरी अनुसन्धान भइरहेको जानकारी दिए।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...