सामुदायिक विद्यालय, स्वास्थ्य प्रवर्धन केन्द्र र वडा कार्यालयमा प्रयोग हुने पानीको गुणस्तर परीक्षण गर्दै काठमाडौं महानगर

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०२ असोज । काठमाडौं महानगरपालिकाले सुरक्षित पिउने पानीको सुनिश्चित गर्न सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य प्रवर्धन केन्द्रमा पिउन प्रयोग हुने पानीको प्रयोगशाला परीक्षण गराउने भएको छ । सामुदायिक विद्यालयका बालबालिका, शिक्षक र कर्मचारी, स्वास्थ्य प्रवर्धन केन्द्रमा सेवा लिन आउने बिरामी तथा आफन्त र वडा कार्यालयहरुमा प्रशासनिक सेवा लिन आउने सेवाग्राहीलाई सुरक्षित पिउने पानी सुनिश्चित गर्न परीक्षण गराउने भएको हो ।

यसका लागि स्वास्थ्य विभागले जनप्रतिनिधि, वडा सचिव विद्यालय नर्स, शिक्षक, महिला स्वास्थ्य स्वयमसेविका, पानीका उत्पादक तथा वितरकसहितका व्यक्तिहरुलाई प्रयोगशाला परीक्षणका लागि नमूना संकलन विधिका विषयमा अभिमुखीकरण थालेको छ । ‘वडा नं. १ बाट थालिएको अभिमुखीकरण सबै वडाका लक्षित व्यक्तिलाई दिइनेछ,’ महानगरपालिकाको स्वास्थ्य विभागका समुदाय, स्वास्थ्य संस्था र विद्यालयहरुमा पानी स्वच्छता कार्यक्रमका फोकल पर्सन राधिका कुइँकेलले भनिन्, ‘तालिम दिइएका व्यक्तिहरुले नमूना संकलन गर्नुहुन्छ । संकलित नमूनाको प्रयोगशाला परीक्षण गराएर प्राप्त नतिजाका आधारमा पानीको गुणस्तर कायम गराउने कार्यक्रम चलाउने लक्ष्यसहित अभिमुखीकरण थालेका हौँ ।’ अभिमुखीकरण कार्यक्रममा वडा १ का सदस्य रसला तण्डुकारले, जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको तर, ख्याल गर्न नसकिएको विषयलाई उठाउन खोजिएको बताइन ।

धारामा आउने, जार वा अन्य स्रोतबाट ल्याइने पानी पानी देखिँदैमा, सङ्ग्लो हुँदैमा पिउन योग्य छ भन्ने हुँदैन । पानीमा आँखाले नदेखिने जीवाणु तथा स्वास्थ्यलाई असर गर्ने रसायनिक पदार्थ हुनसक्ने भएकाले सुरक्षित खानेपानीका लागि नियमित परीक्षण, निगरानी तथा सुधारको व्यवस्था आवश्यक भएको भन्दै महानगले अभियान थालेको जनाएको छ ।

भौतिक, रसायनिक र जैविक गुणस्तरका आधारमा पानी सुरक्षित भए नभएको निर्धारण हुन्छ । सुरक्षित पानीका लागि ५ प्रकारका भौतिक, १३ प्रकारका रसायनिक र एक प्रकारको जैविक परीक्षण गर्नु पर्ने पारामिटर तोकिएकाे छ । जोखिम तथा सान्दर्भिकताका आधारमा थप १–१ भौतिक र जैविक तथा ७ रसायनिक परीक्षण गर्नुपर्छ ।
पानीको गुणस्तर परीक्षण एकपटक गरेर पुग्ने विषय होइन । पानीको भौतिक गुणअन्तर्गत धमिलोपना, हाइड्रोजन आयन साद्रता, रङ, स्वाद तथा गन्धको परीक्षण दैनिक गर्नुपर्ने व्यवस्था हुन्छ । कुल घुलित ठोस पदार्थको परीक्षण त्रैमासिक र विद्युतीय चालकत्वको परीक्षण मासिक गर्नुपर्छ ।

रसायनिक गुणअन्तर्गत क्लोरिन अवशेषको परीक्षण दैनिक तथा अमोनिया, क्लोराइड, नाइट्रेट, कुल कठोरता र क्याल्सियमको परीक्षण मासिक गर्नुपर्छ । फलाम, म्याङ्गानिज, सल्फेट, आर्सेनिक, क्याडमियम, तामा, फ्लोराइड, साइनाइड, सिसा, क्रोमियम, जस्ता, पारा र एल्युमिनियमलगायत पारामिटरको परीक्षण वार्षिक रुपमा गर्नु पर्ने मापदण्डमा उल्लेख छ । सूक्ष्म जैविकतर्फ ईकोलाई र कुल कोलिफर्मको परीक्षण मासिक गर्नुपर्ने व्यवस्था छ  ।
यसको अर्थ पानीको गुणस्तर कायम राख्न दैनिक निगरानी गर्नुपर्ने सूचकदेखि वार्षिक रूपमा परीक्षण गर्नुपर्ने रसायनिक सूचकसम्मको नियमित प्रणाली आवश्यक हुन्छ

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...

रसुवा बाढीमा सम्पर्कबिहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन सुरू

काठमाडौं, २७ असोज । भदौ १० को रसुवा बाढी कारण सम्पर्कबिहीन भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई तत्कालको...