अस्पताल जन्य फोहर फाल्नेलाई ५० हजार रुपैयाँ जरिवाना

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०२ असोज । काठमाडौं महानगरपालिका-३१ आलोकनगरमा फालिएको अस्पतालजन्य फोहरमा प्रमाण खोजेर औषधि उत्पादक कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । यसरी फालिएको फोहरमा २ वटा कम्पनीको नाम लेखिएका कागज फेला परेको थिए । यी कम्पनीमध्ये एउटाको ठेगाना भक्तपुर जिल्ला र अर्कोको ठेगाना टोखा नगरपालिकाको धापासीमा छ । यी स्थानहरु काठमाडौं महानगरपालिकाको भौगोलिक क्षेत्रभित्र नपरेकाले महानगर प्रहरी बलले जिल्ला प्रशासन कार्यालय काठमाडौं र भक्तपुरमार्फत कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

प्रहरी बलले फोहर मैला व्यवस्थापन ऐन २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ बमोजिमको कसुर गर्नेलाई काठमाडौं महानगरपालिकाको कार्यालयमा उपस्थित गराइदिन अनुरोध गरेको थियो । यही अनुरोध पत्रका आधारमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमार्फत सम्पर्कमा आएको कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णुप्रसाद जोशीका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत झिकाइएको कम्पनीका अधिकारी सम्पर्कमा आइसकेका छैनन् ।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग र प्रहरी बलको संयुक्त टोलीले अनधिकृत फोहर फाल्नेहरुमाथि कडा निगरानी थालेको छ । यस क्रममा भेटिने व्यक्तिहरुलाई तत्काल जरिवाना गराउने गरिएको छ । यस्तै, सडक, किनारा तथा सार्वजनिक स्थलमा फालेको फोहरमा प्रमाण खोजेर जथाभावी फोहर निकाल्नेलाई कारवाही गर्न थालिएको छ । प्रारम्भमा कारवाहीमा परेका व्यक्ति तथा संस्थाको नाम सार्वजनिक नगर्ने तर सोही प्रकृतिको कसुर दोहोरिए नाम ठेगाना सार्वजनिक गरिने योजनामा रहेको जोशीको भनाइ छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...