ग्यास पुरानै दरमा बिक्री गर्न संघको आग्रह

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०२ असोज । नेपाल एलपी ग्यास उद्योग संघले पुरानै दरमा ग्यास बिक्री गर्न उद्योगीहरूलाई आग्रह गरेको छ। संघले बिहीबार विज्ञप्ति जारी गर्दै शुक्रबारदेखि नेपाल आयल निगमले तोकेको प्रतिसिलिण्डर दुई हजार ६० रुपैयाँमै ग्यास बिक्री गर्न आग्रह गरेको हो।

भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर खण्ड अवरुद्ध भएपछि उद्योगीले वैकल्पिक मार्गबाट ग्यास काठमाडौं ल्याएर बिक्री गर्दै आएका थिए। उपत्यकाबाहिरका उद्योगमा ग्यास भरेर ल्याउनुपरेको भन्दै उद्योगीले प्रतिसिलिण्डर १०५ रुपैयाँ ३८ पैसा ढुवानी भाडाबापत थप गरेर उपभोक्तासँग लिँदै आएका थिए।
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गत भदौ १४ गतेदेखि काठमाडौं उपत्यकामा ग्यास बिक्री गर्दै आएका उद्योगले मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषाका उद्योगमा सिलिण्डर रिफिल गरी वैकल्पिक मार्गबाट ग्यास ल्याएर बिक्री गर्दै आएका थिए।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...