बागमती प्रदेशमा १३४ दरबन्दी कटौती, कार्यालय सङ्ख्या १८० मा सीमित गर्ने निर्णय

Date:

Share post:

Suryabinayak Nagarpalika

मकवानपुर, ०१ असोज । बागमती प्रदेश सरकारले प्रशासनिक संरचना चुस्त बनाउने उद्देश्यसहित प्रदेशभर १३४ वटा स्थायी दरबन्दी कटौती गर्ने निर्णय गरेको छ। बिहीबार बसेको बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणसम्बन्धी खाका स्वीकृत गर्दै उक्त निर्णय लिएको हो।
नयाँ खाकाअनुसार प्रदेशभर कार्यालयहरूको सङ्ख्या १८० कायम गरिएको छ। साथै, हाल कायम रहेको चार हजार ८१४ दरबन्दीलाई घटाएर चार हजार ६८० मा झारिएको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीले जानकारी दिए।

यसैगरी, मन्त्रिपरिषद्ले बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका लागि २४ जनाको अस्थायी दरबन्दी स्वीकृत गरेको छ। सदस्य सचिवदेखि कार्यालय सहयोगीसम्म रहने यो अस्थायी दरबन्दी समितिको काम सम्पन्न भएपछि स्वतः समाप्त हुने मन्त्री केसीले बताए। बैठकले कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयअन्तर्गत प्रदेश वन सेवा केन्द्रका प्रमुख एवं ११औँ तहका कर्मचारी निरञ्जन श्रेष्ठले दिएको राजीनामा समेत स्वीकृत गरेको छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...