१ अर्ब ३४ करोडको अवैध हुन्डी कारोबार आरोप पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०१ असोज । १ अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको अवैध हुन्डी कारोबार गरेको आरोपमा प्रहरीले धनुषाका २४ वर्षीय एक युवकलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले धनुषाको शहीदनगर नगरपालिका-४ का अजयकुमार मुखियालाई १ अर्ब ३४ करोड ७८ लाख ३९ हजार रुपैयाँ बराबरको हुन्डी कारोबार गरेको अभियोगमा पक्राउ गरी सार्वजनिक गरेको हो।

धनुषा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर सीआईबी र जिल्ला प्रहरी कार्यालय, धनुषाको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो। सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराका अनुसार मुखिया मलेसियालगायत विभिन्न मुलुकबाट अवैध रूपमा हुन्डी कारोबारमा संलग्न रहेको सूचनाका आधारमा पक्राउ परेका हुन्।
अनुसन्धानका क्रममा उनले व्यक्तिगत तथा व्यावसायिक बैंक खाताहरूको प्रयोग गरी उक्त ठूलो परिमाणको रकम कारोबार गरेको पुष्टि भएको ब्यूरोले जनाएको छ।

पक्राउ परेका मुखियामाथि हुन्डीसम्बन्धी कारोबार गर्न नहुने कसुरअन्तर्गत हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।
प्रवक्ता जबराले यस नेटवर्कमा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको जानकारी दिए।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...