नुवाकोटको विदुर नगरपालिकाले बाढीपीडित नगरबासीलाई घरभाडाबापत १० हजार दिने

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २२ भदौ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित परिवारलाई नुवाकोटको विदुर नगरपालिकाले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । नगर कार्यपालिकाको १३४औं बैठकले विदुर नगरपालिकाभित्र बस्नयोग्य घर नभएका नगरबासीलाई घर भाडामा लिएर बस्न प्रतिपरिवार तत्काललाई १० हजार रुपैयाँका दरले घरभाडा उपलब्ध गराउने निर्णय गरेको हो । त्यस्ता परिवारलाई आवश्यक खाद्यान्न, लत्ताकपडा, किचेन सेट, हाइजिन सेटलगायत सामग्रीसमेत उपलब्ध गराउने निर्णयमा उल्लेख छ । नगरपालिकाले कोठा भाडामा लिँदा वा दिँदा प्रचलित भाडादरभन्दा बढी रकम लिएको पाइएमा कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।

त्यस्तै, तीनै तहका सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था र दाताहरूको सहयोगमा अस्थायी आवास निर्माण गरी बाढी प्रभावितलाई पुनःस्थापना गर्ने निर्णय पनि गरिएको छ ।
नगरपालिकाले अस्थायी आवास केन्द्र (होल्डिङ सेन्टर) बाहेकका विद्यालयमा पठनपाठन सञ्चालन गर्ने तथा होल्डिङ सेन्टरका रूपमा प्रयोग भइरहेका सामुदायिक र संस्थागत विद्यालयलाई केही दिनभित्र अन्यत्र व्यवस्थापन गरी नियमित विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको छ । विदुर नगरपालिकाभित्र सञ्चालित होल्डिङ सेन्टरमा अन्य जिल्ला तथा पालिकाका भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राखिएको भए सम्बन्धित जिल्ला तथा पालिकासँग समन्वय गरी व्यवस्थापनका लागि अनुरोध गर्ने निर्णयसमेत नगरपालिकाले गरेको छ ।

फाइल फोटो  ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...