कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुट तय

Date:

Share post:

Suryabinayak Nagarpalika

मकवानपुर, १४ भदौ । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुट तय गरिएको छ । जिल्ला प्रशासन कार्यालय  मकवानपुरले काठमाडौं जाने-आउने सवारीसाधनको चाप बढेको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । मकवानपुर प्रशासनले आइतबार सूचना जारी गर्दै अत्यावश्यक कामबाहेक काठमाडौंको यात्रा नगर्न तथा अत्यावश्यक अवस्थामा बाहेक सवारीसाधन लिएर यात्रा नगर्न अनुरोध गरेको छ ।

प्रशासनका अनुसार मालवाहक सवारीसाधनलाई कान्ति लोकपथ हुँदै काठमाडौं आवतजावत गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ । त्यस्तै, १४ सिटभन्दा ठूला यात्रुवाहक सवारीसाधनलाई त्रिभुवन राजपथ हुँदै काठमाडौं जाने र सोही मार्गबाट फर्कने व्यवस्था मिलाउन भनिएको छ । १४ सिटसम्म क्षमताका साना यात्रुवाहक सवारीसाधनलाई भने भीमफेदी-देउराली हुँदै काठमाडौं जाने-आउने व्यवस्था मिलाउन प्रशासनले आग्रह गरेको छ ।
सवारीसाधनको चाप बढेपछि राजमार्गमा जाम तथा अव्यवस्था हुन नदिन चालकलाई धैर्य र अनुशासनपूर्वक आफ्नो पालोमा मात्र सवारी चलाउन, ओभरटेक नगर्न तथा ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र ट्राफिक प्रहरीको निर्देशन पूर्ण रूपमा पालना गर्न प्रशासनले अनुरोध गरेको छ ।
धादिङमा सडक अवरुद्ध भएपछि काठमाडौं प्रवेश तथा बाहिरिने सवारीसाधनलाई मकवानपुर हुँदै वैकल्पिक मार्ग प्रयोग गराउन थालिएको हो । प्रशासनले यात्रु, यातायात व्यवसायी तथा चालकलाई तोकिएको व्यवस्था पालना गरी आवागमन सहज बनाउन सहयोग गर्न आग्रह गरेको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...