सूर्यविनायक नगरपालिकाले बाढी पिडितलाई ५५ लाख रुपैंया सहयोग गर्ने

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, १४ भदौ । सूर्यविनायक नगरपालिकाले रसुवा (भोटेकोशी) बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा ५५ लाख ५५ हजार ५ सय ५५ रुपैंया सहयोग गर्ने भएको छ । आइतबार बिहान बसेको नगरपालिकाको कार्यपालिका बैठकले सो निर्णय गरेको नगर प्रमसख बाशुदेव थापाद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

बुधबार (भदौ १० गते) बिहान रसुवामा आएको बढीले अकल्पनीय धनजनको क्षति पुर्याएकोमा दुःख व्यक्त गर्दै बैठकले पिडित सर्वसाधारणको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नगरपालिका विपद् व्यवस्थापन कोषबाट उक्त रकम दिने निर्णय गरिएको विज्ञप्तीमा उल्लेख छ । त्यसैगरी, बैठकले नगर प्रमुख बाशुदेव थापाको तर्फबाट एक महिनाको सेवा सुविधा प्राप्त हुने रकम बराबर ३५ हजार रुपैयाँ, उप प्रमुख शरिता तिमिल्सिना भट्टराईका तर्फबाट १५ हजार रुपैया दिने निर्णय गरिएको छ । <span;>त्यस्तै, १० वटै वडाका वडाध्यक्षहरुले जनही १० हजार, कार्यपालिका सदस्यहरुबाट प्रतिव्यक्ति ६ हजार रुपैयाँ र वडा सदस्यबाट जनहि दुई हजार ५ सय रुपैयाँ प्रदान गर्ने निर्णय भएको नगर प्रवक्ता एवं ७ नम्बरका वडाध्यक्ष रविन्द्र सापकोटाले जानकारी दिए ।

बैठकले महाविपत्तीको यस घडीमा पिडित सर्वसाधारणको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सक्दो सहयोग गर्न नगरपालिका सदैव प्रतिबद्ध रहेको जनाइएको छ । महाविपत्तीका समयमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न सम्पुर्ण नागरिक समाज, नीजिक्षेत्र, संघ संस्था र आम नगरवासीलाई बैठकले आग्रह गरेको छ । यसअघि जिल्लाकै मध्यपुर थिमि र चाँगुनारायण नगरपालिकाले क्रमस: ५१ लाख र ५० लाख रुपैयाँ बाढी पिडितका लागि दिने निर्णय गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मुख्यमन्त्री थापाले बोलाए बागमतीमा सर्बदलिय बैठक, उद्धार र राहत बितरण जारी राखिने

हेटौंडा, १४ भदौ । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पुगेको क्षति र आगामी रणनीतिबारे छलफल...

बाढी प्रभावित बालबालिकालाई अनुमतिबिना बालगृहमा नलैजान आग्रह

काठमाडौं, १४ भदौ । राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी र त्रिशूली बाढीबाट प्रभावित बालबालिकालाई सम्बन्धित निकायको अनुमति र...

रसुवा बाढी अपडेट : ७३४ शव फेला, दुई हजार ४९८ जना अझै बेपत्ता

काठमाडौं, १४ भदौ । रसुवाको बाढीमा (भोटेकोशी) परेका ७३४ जनाको शव फेला परेको छ भने, हालसम्म दुई हजार...

दिवंगतको सम्झनामा भक्तपुरमा गाईजात्रा मनाइँदै

भक्तपुर, १३ भदौ । भक्तपुरका बासिन्दाले वर्षदिनभरि दिवंगत भएका आफन्तको सम्झनामा गाईजात्रा पर्व मनाएका छन् । शनिबार बिहानदेखि...