दिवंगतको सम्झनामा भक्तपुरमा गाईजात्रा मनाइँदै

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, १३ भदौ । भक्तपुरका बासिन्दाले वर्षदिनभरि दिवंगत भएका आफन्तको सम्झनामा गाईजात्रा पर्व मनाएका छन् । शनिबार बिहानदेखि स्थानीय बासिन्दाले दिवंगत आफन्तको सम्झनामा ताहामचा बनाई नगर परिक्रमा गरेका छन् । भक्तपुर गाईजात्राको मुख्य आकर्षण घिन्ताङघिसी हो ।

मृतात्माले मोक्ष प्राप्त गरून् भन्दै भदौ कृष्ण प्रतिपदाका दिनदेखि श्रीकृष्ण जन्माष्टमीसम्म गाईजात्रा मनाउने परम्परा छ । हिन्दुधर्मग्रन्थमा उल्लेख भएअनुसार यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र मत्र्यलोक अर्थात् पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्छ भन्ने मान्यतालाई अंगाल्दै गाईजात्रा मनाउने गरेको स्थानीय बताउँछन् ।

उपत्यकामा मनाइने गाईजात्रामध्ये भक्तपुरको जात्रा पृथक मनोरञ्जनात्मक एवं व्यङ्ग्यात्मक हुने हुँदा यहाँको जात्रा बढी चर्चा हुने गर्दछ । जनैपूर्णिमाका दिन साँझ नै भक्तपुर तलेजुस्थानबाट ताहामचा बनाई देश परिक्रमा गरेपछि जात्रा सुरु हुने परम्परा छ । बालबालिकाको मृत्यु साँचा बनाई परिक्रमा गर्ने र पाका उमेरका व्यक्तिहरूको मृत्यु भएमा भने १५ हात लामो बाँसको ताहमचा बनाई नगर परिक्रमा गर्ने परम्परा छ ।

कतिपयले मृतक परिवारको घरबाट बालबालिकालाई शिव पार्वतीको प्रतीकका रुपमा सिँगारेर ल्याउने प्रचलन छ । यस्ता बालबालिका भने कर्म नचलिसकेका कलिला बालबालिका हुनुपर्ने मान्यता रहेको बुढापाकाहरु बताउँछन् । आर्थिक अवस्था कमजोर हुनेले पनि कुमार–कुमारी बनाएर घुमाउने तथा जिउँदो गाई मात्रै भए पनि घुमाउने परम्परा रहेको छ ।
नगरको विभिन्न टोलबाट निकालिएको गाईजात्रा भक्तपुर दरबार स्क्वायर, बालाखु गणेश, चोछें, भोलाछें, महालक्ष्मी, नागपोखरी, क्वाठण्डौ, नवदुर्गास्थान, सूर्यमढी, दत्तात्रय, सुकुलढोका, गोलमढी, तौमढी, पोटरी स्क्वायर, वंशगोपाल, इताछें, खौमा परिक्रमा गर्ने प्रचलन छ ।

गाईजात्राको दिन नौ जोर लुगा लगाउनुपर्ने, नौथरी खाने कुरा खानुपर्ने र नौ पटक टोल घुम्नुपर्ने परम्परा रहिआएको संस्कृतकर्मी बताउँछन् । दिवंगत भएका आफन्तहरूको सम्झनामा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा पनि रहिआएको छ ।

जात्रा समापनको क्रममा साँझ परालबाट बनेको ताहमाचा र त्यससँगै भैरव नाचसमेत निकालिने प्रचलन छ । तौमढीस्थित भैरव मन्दिरबाट निकालिएको ताहमाचा, यसपछि सोही टोल भरिबाट निकालिएको अन्य ताहमाचा र सबभन्दा पछि नकिङजु अजिमाको ताहमाचा निकाली वंशगोपाल हुँदै विभिन्न ठाउँमा परिक्रमा गरी दरबार स्क्वायर चोकमा तीनपटक परिक्रमा गरेपछि पर्वको पहिलो दिनको जात्रा सम्पन्न हुने गर्दछ । 

फोटो फाइल ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बाढी प्रभावित बालबालिकालाई अनुमतिबिना बालगृहमा नलैजान आग्रह

काठमाडौं, १४ भदौ । राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी र त्रिशूली बाढीबाट प्रभावित बालबालिकालाई सम्बन्धित निकायको अनुमति र...

रसुवा बाढी अपडेट : ७३४ शव फेला, दुई हजार ४९८ जना अझै बेपत्ता

काठमाडौं, १४ भदौ । रसुवाको बाढीमा (भोटेकोशी) परेका ७३४ जनाको शव फेला परेको छ भने, हालसम्म दुई हजार...

सूर्यविनायक नगरपालिकाले बाढी पिडितलाई ५५ लाख रुपैंया सहयोग गर्ने

भक्तपुर, १४ भदौ । सूर्यविनायक नगरपालिकाले रसुवा (भोटेकोशी) बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत...

विपद्‌मा नागरिकको साथमा बागमती प्रदेश सरकार: उद्धार, राहत र सडक खुलाउन तीव्र परिचालन

काठमाडौं, १३ भदौ । रसुवामा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवन लगायतका क्षेत्रमा ठूलो धनजनको...