रसुवा बाढी अपडेट: ५ सय ५३ को शव फेला, १ हजार ४ सय ७३ को उद्धार

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १२ भदौ । रसुवा बाढीमा ज्यान गुमाएकाहरूमध्ये हालसम्म ५ सय ५३ जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार चितवनमा २२२ जना,  नवलपरासी पूर्वमा १३४ जना, गोरखामा ४७ जना, धादिङमा ४० जना,  नुवाकोटमा ३८ जना,  तनहुँमा ३१ जना,  नवलपरासी पश्चिममा २८ जना र  रसुवामा १३ जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ। बाढीका कारण हालसम्म २७ जना प्रहरी कर्मचारीहरू सम्पर्कविहीन रहेका छन्, जसमध्ये १ जना प्रहरी कर्मचारी मृत अवस्थामा फेला परेका छन्।
बाढी तथा विपद्मा परेका १ हजार ४७३ जनाको घाइते तथा उद्धार गरिएको छ। उद्धार गरिएकाहरूमध्ये रसुवाबाट ५७२ जना, नुवाकोटबाट ८९८ जना र धादिङबाट ३ जना रहेका छन्।

यसैगरी, काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेहरूको संख्या ९७ पुगेको छ। नेपाल प्रहरीका अनुसार हालसम्म ४ हजार ४८९ जना प्रहरी कर्मचारीहरू प्रत्यक्ष रूपमा उद्धार र खोजी कार्यमा खटिएका छन्।

तस्बिर : सामाजिक संजाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बाढी प्रभावित बालबालिकालाई अनुमतिबिना बालगृहमा नलैजान आग्रह

काठमाडौं, १४ भदौ । राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी र त्रिशूली बाढीबाट प्रभावित बालबालिकालाई सम्बन्धित निकायको अनुमति र...

रसुवा बाढी अपडेट : ७३४ शव फेला, दुई हजार ४९८ जना अझै बेपत्ता

काठमाडौं, १४ भदौ । रसुवाको बाढीमा (भोटेकोशी) परेका ७३४ जनाको शव फेला परेको छ भने, हालसम्म दुई हजार...

सूर्यविनायक नगरपालिकाले बाढी पिडितलाई ५५ लाख रुपैंया सहयोग गर्ने

भक्तपुर, १४ भदौ । सूर्यविनायक नगरपालिकाले रसुवा (भोटेकोशी) बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत...

दिवंगतको सम्झनामा भक्तपुरमा गाईजात्रा मनाइँदै

भक्तपुर, १३ भदौ । भक्तपुरका बासिन्दाले वर्षदिनभरि दिवंगत भएका आफन्तको सम्झनामा गाईजात्रा पर्व मनाएका छन् । शनिबार बिहानदेखि...