बागमती प्रदेशबासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर

Date:

Share post:

Suryabinayak Nagarpalika

मकवानपुर, १० भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशबासीका मुद्दालाई प्राथमिकतामा राख्दै बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रदेशसभाको बैठकमा मंगलबार विश्वासको मत माग्ने क्रममा उनले प्रदेश सरकारलाई प्रशासन चलाउने संरचनाभन्दा जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउने सरकारका रूपमा स्थापित गर्ने बताएका हुन्। <span;>उनले प्रदेशसभाबाट बजेट पारित भइसकेकाले त्यसको प्रभावकारी कार्यान्वयनमा आफ्नो भूमिका हुने बताएबा छन्। सरकारको न्यूनतम साझा कार्यक्रम छिट्टै सार्वजनिक गर्ने उनको भनाइ छ।
उनले उपलब्ध साधनस्रोतको समुचित प्रयोगबाट प्रदेशबासीको आशा र अपेक्षा सम्बोधन गर्नु आफ्नो जिम्मेवारी भएको बताए। प्रदेश सरकारले स्वास्थ्य, शिक्षा, कृषि, वन, पर्यटन, रोजगारी र सहज सार्वजनिक सेवामा जोड दिने उनले बताए। गरिब नागरिकले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्न प्रभावकारी भूमिका खेल्ने बताउँदै मुख्यमन्त्री थापामगरले सामुदायिक विद्यालयको भौतिक पूर्वाधार, शिक्षाको गुणस्तर, प्रविधिको प्रयोग, शिक्षक क्षमता विकास र विद्यार्थीको सिकाइ उपलब्धिमा सुधार गर्ने प्रतिबद्घता व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बाढी प्रभावित बालबालिकालाई अनुमतिबिना बालगृहमा नलैजान आग्रह

काठमाडौं, १४ भदौ । राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी र त्रिशूली बाढीबाट प्रभावित बालबालिकालाई सम्बन्धित निकायको अनुमति र...

रसुवा बाढी अपडेट : ७३४ शव फेला, दुई हजार ४९८ जना अझै बेपत्ता

काठमाडौं, १४ भदौ । रसुवाको बाढीमा (भोटेकोशी) परेका ७३४ जनाको शव फेला परेको छ भने, हालसम्म दुई हजार...

सूर्यविनायक नगरपालिकाले बाढी पिडितलाई ५५ लाख रुपैंया सहयोग गर्ने

भक्तपुर, १४ भदौ । सूर्यविनायक नगरपालिकाले रसुवा (भोटेकोशी) बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत...

दिवंगतको सम्झनामा भक्तपुरमा गाईजात्रा मनाइँदै

भक्तपुर, १३ भदौ । भक्तपुरका बासिन्दाले वर्षदिनभरि दिवंगत भएका आफन्तको सम्झनामा गाईजात्रा पर्व मनाएका छन् । शनिबार बिहानदेखि...