बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले पाए विश्वासको मत

Date:

Share post:

Suryabinayak Nagarpalika

मकवानपुर, ०९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्।
प्रतिपक्षी दलहरूको अनुपस्थितिबीच बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री थापा मगरले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए। मतदानमा प्रस्तावको पक्षमा ५७ मत परेको छ भने विपक्षमा शून्य मत परेको छ। बैठकमा ५८ जना सांसदको उपस्थिति थियो।

बागमती प्रदेशसभामा हाल १०४ सदस्य कायम छन्। सरकार गठनका लागि ५३ सदस्यको समर्थन आवश्यक पर्छ। प्रतिपक्षी दलहरू बैठकमा अनुपस्थित रहेकाले सत्ता पक्षका सांसदको उपस्थितिमा विश्वासको मतसम्बन्धी प्रस्ताव पारित भएको हो।
विश्वासको मत पाएसँगै मुख्यमन्त्री थापा मगर नेतृत्वको प्रदेश सरकारलाई निरन्तरता दिने संवैधानिक आधार बनेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बाढी प्रभावित बालबालिकालाई अनुमतिबिना बालगृहमा नलैजान आग्रह

काठमाडौं, १४ भदौ । राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी र त्रिशूली बाढीबाट प्रभावित बालबालिकालाई सम्बन्धित निकायको अनुमति र...

रसुवा बाढी अपडेट : ७३४ शव फेला, दुई हजार ४९८ जना अझै बेपत्ता

काठमाडौं, १४ भदौ । रसुवाको बाढीमा (भोटेकोशी) परेका ७३४ जनाको शव फेला परेको छ भने, हालसम्म दुई हजार...

सूर्यविनायक नगरपालिकाले बाढी पिडितलाई ५५ लाख रुपैंया सहयोग गर्ने

भक्तपुर, १४ भदौ । सूर्यविनायक नगरपालिकाले रसुवा (भोटेकोशी) बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत...

दिवंगतको सम्झनामा भक्तपुरमा गाईजात्रा मनाइँदै

भक्तपुर, १३ भदौ । भक्तपुरका बासिन्दाले वर्षदिनभरि दिवंगत भएका आफन्तको सम्झनामा गाईजात्रा पर्व मनाएका छन् । शनिबार बिहानदेखि...