मुख्यमन्त्री थापालाई विश्वासको मत दिन तयार भयो नेकपाकाे असन्तुष्ट पक्ष

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०९ भदौ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) बागमती प्रदेशका असन्तुष्ट पक्षले मुख्यमन्त्री किरण थापामगरलाई विश्वासको मत दिने भएका छन् । मंगलबार दिउँसो पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेपछि मुख्यमन्त्रीलाई विश्वासको मत दिन तयार भएको हो ।

असन्तुष्ट सांसदहरूले राप्रपासँग सत्ता साझेदार गरेको, नेकपा र नेकपा एमालेबिच भएको पाँच बुँदे निर्देशन अनुसार मन्त्रालय भागबन्डा नभएको विषयमा असन्तुष्टि व्यक्त गरेका थिए । सत्ता सहकार्यको विषयमा केन्द्रीय संयोजन समितिको बैठकले निर्णय गर्ने सहमति अनुसार मुख्यमन्त्री थापालाई विश्वासको मत दिने निर्णय भएको सांसद गङ्गानारायण श्रेष्ठले बताएका छन् । ‘राप्रपासँग सत्ता सहकार्य गर्न हुन्थ्यो कि हुन्थेन भन्ने विषयमा संयोजक प्रचण्डसँग वैचारिक र राजनीतिक संवाद भयो । यस विषयमा केन्द्रीय संयोजन समिति बैठकले निर्णय गर्छ’, श्रेष्ठले भने, ‘बैठकले सहमति सही थियो भने ठिकै छ । ठिक थिएन भने विश्वासको मत फिर्ता लिन पनि सकिन्छ । उहाँले अहिले विश्वासको मत दिनोस्, बाँकी विषय बैठकमा छलफल गरौँला भन्नुभयो ।’

केन्द्रले गरेको निर्णयप्रति नेकपा केन्द्रीय संयोजन समितिका सदस्य रहेका श्रेष्ठ सहित कृष्ण खनाल, राजेन्द्रमान श्रेष्ठ, युवराज चौलागाईं, रुकु चौलागाईं, लक्ष्मण लम्साल, उर्मिला लामा र ओमकुमारी श्रेष्ठ असन्तुष्टि जनाएका थिए । यीमध्ये कृष्ण खनाल, राजेन्द्रमान श्रेष्ठ, लक्ष्मण लम्साल र ओमकुमारी श्रेष्ठ साबिक एकीकृत समाजवादीतर्फका हुन् भने बाँकी माओवादी केन्द्रका सांसद हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बाढी प्रभावित बालबालिकालाई अनुमतिबिना बालगृहमा नलैजान आग्रह

काठमाडौं, १४ भदौ । राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी र त्रिशूली बाढीबाट प्रभावित बालबालिकालाई सम्बन्धित निकायको अनुमति र...

रसुवा बाढी अपडेट : ७३४ शव फेला, दुई हजार ४९८ जना अझै बेपत्ता

काठमाडौं, १४ भदौ । रसुवाको बाढीमा (भोटेकोशी) परेका ७३४ जनाको शव फेला परेको छ भने, हालसम्म दुई हजार...

सूर्यविनायक नगरपालिकाले बाढी पिडितलाई ५५ लाख रुपैंया सहयोग गर्ने

भक्तपुर, १४ भदौ । सूर्यविनायक नगरपालिकाले रसुवा (भोटेकोशी) बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत...

दिवंगतको सम्झनामा भक्तपुरमा गाईजात्रा मनाइँदै

भक्तपुर, १३ भदौ । भक्तपुरका बासिन्दाले वर्षदिनभरि दिवंगत भएका आफन्तको सम्झनामा गाईजात्रा पर्व मनाएका छन् । शनिबार बिहानदेखि...