नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे रिहा

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०५ भदौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंले मागको ८० लाख रुपैयाँ धरौटीबापत बैंक ग्यारेन्टी राखेर पाण्डे बिहीबार रिहा भएका हुन् । स्मार्ट सेल प्रकरणमा जिल्ला अदालतका न्यायाधीश कमलकान्त जोशीको इजलासले धरौटी मागेको हो । अब उनले बाहिरै बसेर मुद्दा लड्ने छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणबाट २०७० वैशाख २ गते आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र लिई सञ्चालनमा आएको स्मार्ट टेलिकम प्रालिले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेपछि दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) अनुसार २०८० वैशाख ३ गतेदेखि अनुमतिपत्र स्वतः रद्द भएको थियो।
त्यसपछि दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ अनुसार कम्पनीका सम्पूर्ण सम्पत्ति, पूर्वाधार तथा दूरसञ्चार सञ्जाल नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको थियो। <span;>प्रहरीले नेपाल सरकारको सम्पत्तिमा बेइमानीपूर्वक हक समाप्त गर्ने उद्देश्यले लिलामी प्रक्रियामा अनियमितता गरिएको आरोपमा लोन रिकभरी कमिटी (एलआरसी) का अध्यक्ष समेत रहेका पाण्डेमाथि अनुसन्धान गरेको थियो ।

प्रहरीका अनुसार नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २०८२ असोज ३ गते प्रकाशित लिलामी सूचनामा स्मार्टसेलले घरधनीलाई तिर्न बाँकी घरभाडा र विद्युत् महसुल बापत करिब ४० करोड रुपैयाँ समेत बोलपत्र रकममा समावेश गरी कबोल गर्नुपर्ने उल्लेख गरेको थियो । तर, उक्त रकम बैंकले लिएर पनि हालसम्म घरधनीलाई घरभाडा तथा विद्युत् महसुल नतिरेको आरोप समेत अनुसन्धानको विषय बनेको प्रहरीको भनाइ छ । पाण्डे वैशाख ३० मा पक्राउ परेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बाढी प्रभावित बालबालिकालाई अनुमतिबिना बालगृहमा नलैजान आग्रह

काठमाडौं, १४ भदौ । राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी र त्रिशूली बाढीबाट प्रभावित बालबालिकालाई सम्बन्धित निकायको अनुमति र...

रसुवा बाढी अपडेट : ७३४ शव फेला, दुई हजार ४९८ जना अझै बेपत्ता

काठमाडौं, १४ भदौ । रसुवाको बाढीमा (भोटेकोशी) परेका ७३४ जनाको शव फेला परेको छ भने, हालसम्म दुई हजार...

सूर्यविनायक नगरपालिकाले बाढी पिडितलाई ५५ लाख रुपैंया सहयोग गर्ने

भक्तपुर, १४ भदौ । सूर्यविनायक नगरपालिकाले रसुवा (भोटेकोशी) बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत...

दिवंगतको सम्झनामा भक्तपुरमा गाईजात्रा मनाइँदै

भक्तपुर, १३ भदौ । भक्तपुरका बासिन्दाले वर्षदिनभरि दिवंगत भएका आफन्तको सम्झनामा गाईजात्रा पर्व मनाएका छन् । शनिबार बिहानदेखि...