ग्यासको कालोबजारी गरेको आरोपमा एक जना पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २३ साउन । खाना पकाउने ग्यासको कालोबजारी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका-२ दुवाकोट बारुदखाना चोकका ५७ वर्षीय तुलसीराम त्वयना छन् ।
त्वयनाले सञ्चालन गरेको त्वयना किराना पसलबाट खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर ७ हजार रुपैयाँ दरले बिक्री वितरण गरेको भन्ने सूचनाका आधारमा प्रहरी खटिएको थियो । प्रहरीले ३ थान सिलिण्डर र पसल सञ्चालक तुलसीराम त्वयनालाई समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरका  सूचना अधिकारी डिएसपी दीपककुमार कार्कीले जानकारी दिए । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

रानीपोखरीमा एक पुरुष मृत फेला

काठमाडौं, २९ असोज । रानीपोखरीमा एक व्यक्ति मृत फेला परेका छन् । अन्दाजी ३५/४० वर्षका पुरुष बिहीबार बिहान...

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं, २९ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ जारी गरेको...

हेटौंडा-भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डमा टाइमकार्ड

हेटौंडा, २९ असोज । हेटौंडाबाट काठमाडौं जाने छोटो वैकल्पिक मार्ग हेटौंडा-भैंसे-भीमफेदी-कुलेखानी-सिस्नेरी, फाखेल, दक्षिणकाली र फर्पिङ हुँदै आउजाउ गर्ने...

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...