परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १८ साउन । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भट्टराईलाई सोमबार दिउँसो नियन्त्रणमा लिएको हो ।
ब्यूरोका अनुसार उनीविरुद्ध राहदानी ऐन अन्तर्गत काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । उनी शाखा अधिकृत हुँदा तिब्बती शरणार्थीहरूलाई गैरकानूनीरूपमा यात्रा अनुमति पत्र जारी गरी मानव तस्करीको सञ्जाललाई सघाएको आरोप छ ।
नेपालमा रहेका शरणार्थी विदेश भ्रमणमा जान गृह मन्त्रालयको सिफारिससहित निवेदन दिए यात्रा अनुमतिपत्र जारी गर्नसक्ने प्रावधान रहे पनि भट्टराईले भारतीय क्याम्पमा रहेका शरणार्थीलाई फर्जी कागजातका आधारमा अनुमतिपत्र जारी गरेको पाइएपछि उनीविरुद्ध मुद्दा चलेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

ग्वार्को फ्लाईओभरको भित्तामा ठोक्किएर बस दुर्घटना, एकको मृत्यु १८ जना घाइते

ललितपुर, २१ साउन । ललितपुर महानगरपालिका-१७ ग्वार्को चोकस्थित सडकखण्डमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने,१८...

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

काठमाडौं, २१ साउन । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन् । बुधबार बसेको...

बागमती एमालेमा नेतृत्व परिवर्तनको दबाब, किरण थापाको पक्षमा १९ सांसद

काठमाडौं, २० साउन । बागमती प्रदेश सरकार गठनको प्रक्रिया लम्बिँदै गएपछि नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलभित्र नेतृत्व...

राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्ने विधेयक बहुमतले पारित

काठमाडौं, १९ साउन । राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयको सट्टा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत राख्ने विधेयक राज्य...