वडाबासीको ‘सुख-दु:खको साथ’ मा सूर्यविनायक-८

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, ०६ साउन । सूर्यविनायक नगरपालिका-८ ले वडाबासीका सुख र दुःखका क्षणमा साथ दिने उद्देश्यसहित ‘सुख-दुःखको साथ’ कार्यक्रम शुरू गरेको  छ । वडा कार्यालयले सोमबार एक सूचना जारी गर्दै वडाभित्रका संवेदनशील परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने उद्देश्यले कार्यक्रम लागू गरिएको जनाएको हो ।

कार्यक्रमअन्तर्गत वडा नं. ८ भित्र कुनै पनि परिवारका सदस्यको मृत्यु भएमा अन्त्येष्टि तथा अन्य आवश्यक कार्यका लागि सम्बन्धित परिवारलाई १० हजार रूपैयाँ नगद सहयोग प्रदान गरिने वडाअध्यक्ष पुष्पराज बस्नेतले बताए । वडाअध्यक्ष बस्नेतका अनुसार, सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य तथा पोषणलाई ध्यानमा राख्दै आमालाई २ हजार ५०० रूपैयाँ बराबरको पोषण सामग्री तथा नवजात शिशुलाई २ हजार ५०० रूपैयाँ बराबरका नयाँ कपडा उपलब्ध गराइने छ ।

यो सुविधा प्राप्त गर्न लाभग्राही वडा नं. ८ को स्थायी बासिन्दा हुनुपर्ने वा वडाभित्र बसाइँसराइ गरी आएको हकमा बसाइँसराइ दर्ता भएको हुनुपर्ने  सूचनामा उल्लेख छ । साथै, जन्म वा मृत्यु भएको ३५ दिनभित्र वडा कार्यालयमा घटना दर्ता गरिसकेको हुनुपर्ने व्यवस्था गरिएको छ ।
वडाअध्यक्ष बस्नेतले यस कार्यक्रमले नागरिकका जीवनका महत्वपूर्ण क्षणमा स्थानीय सरकारलाई अझ नजिक ल्याउने विश्वास व्यक्त गरेका छन् । थप जानकारी तथा सहयोगका लागि वडा कार्यालय वा वडाका जनप्रतिनिधिसँग सम्पर्क गर्न अनुरोध गरिएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

रानीपोखरीमा एक पुरुष मृत फेला

काठमाडौं, २९ असोज । रानीपोखरीमा एक व्यक्ति मृत फेला परेका छन् । अन्दाजी ३५/४० वर्षका पुरुष बिहीबार बिहान...

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं, २९ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ जारी गरेको...

हेटौंडा-भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डमा टाइमकार्ड

हेटौंडा, २९ असोज । हेटौंडाबाट काठमाडौं जाने छोटो वैकल्पिक मार्ग हेटौंडा-भैंसे-भीमफेदी-कुलेखानी-सिस्नेरी, फाखेल, दक्षिणकाली र फर्पिङ हुँदै आउजाउ गर्ने...

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...